दिपिकाले किन अस्विकार गरिन् प्रियाँकासँग नाच्न !

एजेन्सी असार १५,

'बाजीराव मस्तानी'मा गरेको कामका लागि बलिउड अभिनेत्रीद्वयो प्रियंका चोपडा एवम् दिपिका पादुकोणले धेरै तारिफ बटुले। फिल।मके कारण उनीहरू एकअर्काको राम्रो साथी बनेको खबर पनि बाहिरियो। तर हाल सो अवस्थामा परिवर्तन आएको छ।

हालै सम्पन्न आइफा अवार्डमा दिपिकासँग 'बाजीराव मस्तानी'को 'पिंगा' गीतमा दिपिकाले प्रियंकासँग नाच्न अस्विकार गरेकी छन्। आइफाका आयोजक दुबैलाई एकसाथ सो गीतमा नाच्न लगाउन चाहन्थे तर दिपिकाले नमानेपछि त्यस्तो हुन सकेन।

सो घटनाका बारेमा प्रियंकालाई सोधिएपछि उनले पनि आयोजकलाई सोध्नुस भनेर प्रतिक्रिया दिएपछि दिपिका र प्रियंकाको सम्बन्धमा चिसो आएको चर्चा बलिउड फिल्म नगरीमा चलेको छ।

भारतीय संचारमाध्यमका अनुसार यसका पछाडी उनीहरू बिच चलिरहेको शितयुद्ध भएको बताइन्छ। दिपिका र प्रियंकाको शितयुद्ध पनि फिल्म रहेको छ। उनीहरू दुबैले जेम्स बोन्ड फिल्मका अडिसन दिएका छन्। यसैगरी संजयलिला भन्सालीको फिल्म 'पद्मावती'मा अभिनय गर्न दुबै कसिएका छन्।
यसै कारणले उनीहरूबिच दुरी बढेको हो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com