सिरिया, अस्पतालमा हवाई आक्रमण..

बीबीसी जेठ २७,

सिरियाको चर्चित एलेप्पो सहरका अस्पतालमा फेरी  हवाई हमाला भएको छ । हवाई हमालामा त्यहाँको एक प्रख्यात बाल अस्पताल पनि परेको छ । आक्रमणपछि इन्क्युभेटरमा राखिएका शिशुलाई समेत बाहिर निकाल्नु परेको राष्ट्रसंघले जनाएको छ । आक्रमण पूर्वी साअर जिल्लामा भएकोे अनुगमन समूह र कार्यकर्ताले जनाएका छन् ।
तस्बिरः रोयटर्स

बिस्फोटपछि आगोलागी भएका र भत्किएका भवनबाट शब निकालिएको भिडियो फुटेज देखाइएको छ । आक्रमण कसले गरेका हो भन्ने विषयमा स्पष्ट हुन सकेको छैन । सरकारी सेनाले सो सहरलाई पुनः आफ्नो नियन्त्रणमा लिने प्रयास गरेकोले सेनाले नै हमला गरेको अनुमान गरिएको छ ।

एलेप्पोका अल बायान र अल हकिम अस्पतालका तीन मेडिकल केन्द्र र अब्लुहादी फेयर क्लिनकमा आक्रमण भएको मध्यपूर्व तथा उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक डा पिटर सलामाले बताए । यी सबै आक्रमण एलेप्पोको पूर्वी क्षेत्रमा भएका हुन् । ‘अल हकिम अस्पतालले अझै पनि शिशु उपचार सेवा दिइरहेको छ,’ डा सालमाले बताए । सो अस्पतालमा दुई साताभित्र दोस्रो पटक हमला भएको हो ।

शृंंखलाबद्ध आक्रमणमा १७ बढीको मृत्यु भएको छ । आक्रमणमा अस्पतालका स्वास्थ्य कार्यकर्ता पनि मारिएको र घाइते भएको बताइएको छ  । ‘हजारौ मानिसको रक्षा गर्ने सयौ स्वास्थ्य संरचना भत्किएका छन् । पछिल्लो दुई सातामा ६ ओटा स्वास्थ्य केन्द्रमा हमला भएका छन,’ डा साल्मनले भने ।

अल हकिममा हमला भएपछि नर्सहरुले शिशु च्यापरे अस्पताल बाहिर भागेको  अस्पतालका निर्देशकको भनाई उदृत गर्दे बीबीसीले जनाएको छ । बिद्रोहीको पकड रहेको क्षेत्रका केही अस्पतालले एलोप्पोका ३ लाख ५० हजार बासिन्दालाई सेवा प्रदान गरेका छन् । एक भाषणमा सिरियाली राष्ट्रपति बसार अल असदले विपक्षीको पकडमा रहेको हरेक इन्च क्षेत्रलाई आफ्नो पकडमा ल्याउने बाचा गरे ।

कुनै बेला सिरियाको मुख्य व्याबसायिक र औधोगिक केन्द्र एलेप्पोकोको पश्चिम क्षेत्रलाई सरकारी सेना र पूर्वी क्षेत्रमा विद्रोहीले नियन्त्रणमा लिएका छन् । पछिल्लो समयमा सिरियामा रसियाली हवाई फौजलाई समर्थन जनाएको सरकारी फौजले विद्रोहीको पकड रहेको क्ष्ोत्रलाई फर्काउन आक्रमणलाई तीब्रता दिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com