वायु प्रदूषण क्यान्सरको कारण

आज विश्व वातारना दिवस ;
एजेन्सी जेठ २३,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वायु प्रदूषण क्यान्सरको कारण भएको जनाएको छ । डब्लुएचओको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन समितिले गरेको एक अध्ययनले वायु प्रदूषण फोक्सो क्यान्सरको प्रमुख कारण र यसले अन्य क्यान्सर पनि हुन सक्ने तथ्य पत्ता लगाएको हो ।

वैज्ञानिकले युरोप, दक्षिण र उत्तरअमेरिका तथा एशियामा अध्ययन गरेका थिए । अध्ययनले बढ्दो वायु प्रदूषणसँगै विभिन्न नसर्ने रोगकोखतरा बढिरहेको समेत देखाएको छ । वायु प्रदूषणले श्वासप्रश्वास प्रणाली र मुटुमा सबै भन्दा बढि असर गर्ने सो अध्ययनले देखिएको छ ।

वातावरण मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा डब्लुएचओको मापदण्ड औषत प्रदूषण मात्रा १० पिएम भन्दा बढी रहेको छ । काठमाडौंमा वायु प्रदूषणको मात्रा डब्लुएचओको मापदण्डभन्दा पाँच गुणाभन्दा बढी रहेको वातावरण मन्त्रालयको अध्ययनले देखाएको छ ।

वातावरण मन्त्रालयले शनिबार सार्वजनिक प्रतिवेदनमा काठमाण्डौ उपत्यकाको हावामा क्यान्सरको कारण मानिने धुलोको कण, रासायनिक पदार्थ, पेट्रोल तथा डिजेलको धुवाँ, विभिन्न धातुको कण मिसिएका छन् । वायु प्रदूषण हुने मुख्य कारणमा यातायातका साधनबाट निस्कने धुवाँ, औद्योगिक र कृषिजन्य प्रदूषण, खाना पकाउन प्रयोग हुने दाउरा आदि रहेका छन् । डिजेल जेनेरेटरले वार्षिक एक हजार ८१ टन कार्बनमोनोअक्साइड उत्सर्जन गरिरहेको छ । काठमाडौं उपत्यकामा वायु प्रदूषणको ६० प्रतिशत कारणसवारी साधनबाट निस्कने धुवाँ रहेको मन्त्रालयले जनाएको छ ।

वायु प्रदूषणबाट सन् २०१० मा विश्वभरका दुई लाख २३ हजार मानिसको मृत्यु भएको शनिबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार प्रदूषणकै कारण नेपालमा पनि बर्सेनि एक सयभन्दा बढीको मृत्यु हुने गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com