नेपाली बेच्ने “रोनी “नामको इजरायली र शरद गुरुङ युरोपेली प्रहरी हिराशतमा

शुक्रबार आषाढ १०,

अन्तत नेपालप्लस डट कमले मानव तस्करका रुपमा समाचार लेख्दै आएका पोर्चुगलका नागरिक रोनीलाई यहि जुन २ देखि हिराशतमा राखिएको हो । राखेको छ । उनले पोर्चुगल ल्याएर यतना दिएका सुब्रत रिमाललाई ‘तपाई मानव तस्करीमा पर्नु भएको हो’ भन्ने लिखित पत्रनै दिएको छ । उक्त पत्र त्यहाँको न्यायिक प्रहरी बिभागले दिएको हो ।

रोनी सँगै फर्नान्दोज र जेम्सपनि मानव तस्करीमा संलग्न थिए । तिनलाईपनि प्रहरीले हिराशतमा राखेको छ । ति मुख्य तिन जना मानव तस्करका नाईकेसित मिलेर त्यहाँका नेपालीले कमिशन खाएर नेपाली ओसार्ने र बिचल्लीमा पार्ने गरेका थिए । अब ति नेपालीहरुपनि पक्राउ पर्ने छन् । 

सुब्रत रिमाललाई न्यायिक प्रहरीले दिएको पत्र । पोर्चुगाली भाषामा लिखित उक्त पत्र अंग्रेजीमा जुन गुगल अनुवाद गरिएको हो-

(MINISTRY OF NATIONAL UNITY FAIR POLICE JUDICIAL CONTHA DECLARATION To the due effects declares that runs under this National Judicial Police Unit survey identified with NUIPC Counter-Terrorism Kathmandu 576 / 14.5GEALR in which subrat Kumar Rimal, born on 21/02 / 1971 in Nepal and son of Shambhu Nath Rimal and Shova Rimal denounced facts that fall omo Victims of Trafficking in Human Beings in the aspect of labor exploitation, which occurred etween the March 2013 and September 2014 and to be true will to this statement by me signed and authenticated Lisbon, June 16, 2016 The chief Inspector, / Fernando Bispo  
सुब्रत रिमाल 

त्यहाँको आतंककारी गतिबिधी बिरुद्द काम गर्ने प्रहरी र अपराध अनुसन्धानमा संलग्न प्रहरीले रोनीसँग मिलेर मानव तस्करी गर्ने १६ जनालाई पक्राउ गर्ने अनुमति माग्दै अदालतसमक्ष सिफारिस मागेको थियो । तर अदालतले रोनीसहित शरद गुरुङ, अस्किक उर रहमान, अन्य एक वंगलादेशी लगायत चार जनालाई तत्काल पक्रिन आदेश दिएको हो । हाल ति तिनै जना फरार छन् । ति तिनैजनालाई पक्राउ पूर्जी दिईसकेको छ ।

ति बाहेक त्यहाँको प्रहरीले अन्य दश जनाको सूचीपनि तयार पारेको छ । तिनले रोनीसँग मिलेर पोर्चुगल बसि नेपाली काम्दारलाई अनेक प्रलोभन देखाएर ल्याउने गरेका थिए । तिनमा अधिकांश पोर्चुगलमा नाम चलेका ब्यापारी र समाजसेवीको नामले चिनिने तर गोप्यरुपमा मानव तस्कर गर्नेहरु छन् ।

पोर्चुगलमा क्रिषीमा काम लाउने भन्दै पोर्चुगाली नागरिकले धेरै नेपाली ठगे । धेरैको बिचल्लीपनि भयो । सुब्रत रिमाल भन्ने एक जना नेपालीलाई त यो कम्पनीका मालिकले कुटपिट गरेका थिए । उनलाई यातना दिएपछि उनको दुबै म्रिगौलाले काम गर्न छोडेको थियो । उनलाई काममा ल्याएर कुटपिट गरि यातना दिने काम जर्ज फर्नान्डेज र यिनै रोनीले गरेका थिए । त्यसमा केहि नेपालीकोपनि मिलोमतो थियो । ठगी र मानव तस्करीमा परेका अन्य नेपालीले मुख नखोलेपनि सुब्रत रिमाल एक्लै यो मुद्दामा लडिरहेका थिए, पोर्चाली सरकारसित न्यायकालागि ।

त्यहाँ बसेर क्रिषीमा काम लाउने भन्दै मानव तस्करी गर्ने आल्मेरिम कंपनीको ठगी र तस्करीका बारेमा नेपालप्लसले यस अघि पटक पटक समाचार बनाउँदै आएको थियो । पहिलेपनि यो कंपनीका मानिसहरुलाई मानव तस्करी गरेको आरोपमा त्यहाँको आतंककारी गतिबिधी बिरुद्द काम गर्ने प्रहरी र अपराध अनुसन्धानमा संलग्न प्रहरीले पक्राउ गरि हिराशतमा राखेको थियो । तर ति छुट्दै आएका थिए । अहिले भने सुब्रत रिमाललाई मानव तस्करीमा परेको सिद्द गर्ने पत्र दिएकाले अब त्यहाँका पोर्चुगाली मानव तस्करसितै तिनलाई सहयोग गरेर कमिशन खाने, नेपालबाट अनेक कंपनीका नाममा नेपाली ओसार्ने मानव तस्करहरु उम्किन पाउने छैनन् ।

त्यहाँको त्यहाँको आतंककारी गतिबिधी बिरुद्द काम गर्ने प्रहरी र अपराध अनुसन्धानमा संलग्न प्रहरीले मानव तस्करहरुको बारेमा अनुसन्धान गर्न र तथ्य पत्ता लगाउन नेपालप्लसले लेखेका समाचारहरुको पोर्चुगाली भाषामा अनुवाद गरेर फाईलनै तयार पारेको थियो ।_खबर बिहानी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com