सरकारले ठेकेदारलाई दिदै देशका ठुला उधोग कलकारखाना

निमकान्त पाण्डे ,काठमाडौँ आषाढ ३,  

देश भित्र रहेका उधोग कलकारखाना निजि क्षेत्रलाई दिने बिषयमा सुम्पने विवादास्पद र अपारदर्शी कार्य पुनसुरु हुदा यसले देशको अर्थ तन्त्रमा नै तरंग आउने निश्चित देखिएको छ। बिगतको कोइराला सरकारले देश भित्ररहेका कुल ६९ वटा सार्वजनिक कलकारखाना मध्ये ३० वटा निजीकृत गर्दा उद्योग माफियाहरुले देस भित्र रहेका उधोगहरु ट्रलि बस, बाँसबारी छालजुत्ता कारखाना, साझा बस,नेपाल एयरलाइन्स,भक्तपुरको चाइनिज इँटा कारखाना भृकुटी कागज कारखाना, सिमेन्ट कारखाना,चिनी कारखाना जस्ता ठुला ठुला उद्योगहरुबाट फाइदा लुटेर अहिले टाट पल्टिए पूर्ण रूपमा बन्द छन। 

औद्योगिक क्षेत्रलाई बिस्तार गर्दै सरकारी स्वामित्वमा रहेका उद्योगलाई ब्यबस्थित गर्दै आत्मनिर्भर गराउदै देशबाट पलायन युवाशक्तिलाई रोजगारी दिनु पर्ने यस महत्व पूर्ण घडीमा देश भित्र रहेका उद्योगलाई एमाले सरकारका प्रधान मन्त्रि,अर्थ मत्री र उद्योग मंत्रीको मिलेमतोमा फेरि देश भित्रका कलकारखानालाई भाडामा लगाउने भौतिक सम्पत्ति बेचबिखन गर्ने प्रक्रिया अगाडी बढाएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका गणेश रेग्मीले बिरोध बिरोध जनाएका छन ।

आफ्नै मुलुकले दिन सक्ने उपभोग्य सामाग्री अबौँ तिरेर बाहिरबाट आयात  गर्ने देशका लाखौ युवाहरु विदेश पठाउने र काम गरिरहेका मजदुरहरुलाई बिचल्ली पर्दै केहि बचेका सरकारी स्वामित्वमा रहेका उद्योगलाई संचालन गर्न नसकेर माफियाहरुलाई भाडामा दिने निर्णयको अखिल नेपाल ट्रेड युनियन महासंघले घोर बिरोध गरेको छ।

सरकारले संचालन गर्न नसके बिकल्पका रुपमा स्थानीय जनता तथा उक्त क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सरल तरिकाले सेयर बितरण गरेर पनि सरकारले संचालन गर्नु पर्ने साथै संचालन गर्ने बिभिन्न बिकल्प हुदा हुदै सरकारको नेतृत्व गर्नेहरु औधोगिक माफियाको जालमा परेको आरोप लगाउदै  देशको कलकारखाना जोगाउन सबैले चर्को आबाज उठाउनु पर्ने रेग्मी ले बताए । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com