अभिनेत्री प्रियंका कार्कीको प्रस्तुति लस एन्जेलसमा हुने

विजय थापा ,वाशिंगटन डिसी जेठ ३०,

नेपाली चलचित्रकि अभिनेत्री  प्रियंका कार्की अमेरिकाको क्यालिफोर्निया राज्यको प्रख्यात शहर लास एन्जेलसमा आउने भएकी छिन् l नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन् गइ रहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन् आउने निधो भएको जानकारी सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् l 

नेपलीज अमेरिकन सम्मेलनको लागि नायिका प्रियंका कार्की जुन महिनाको अन्त्यमा आउने भएकी छिन् l प्रियंकाले उक्त सम्मेलनमा तीन दिनै कार्यक्रमहरुमा सहभागिता जनाउने छिन् l  

कार्यक्रम प्रस्तोता ,भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने छिन्  l यसको अतिरिक्त उन्ले भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने छिन् l 

फेशन सो (भेषभूषा )प्रदर्शनमा अन्तिम चरणमा पुग्ने सहभागीहरुमा अनुषा कार्की ,रिमा कटवाल ,सब्बु घले ,लक्ष्मी ढकाल, निशा शिवाकोटी ,आरती महर्जन ,रुबी अधिकारी ,रविना  बस्नेत तथा सम्पदा रिजाल रहेका छन् l 

उक्त फेसन प्रदर्शन जुलाई ३ तारिखमा हुने भएको छ भने उक्त सहभागीहरुलाई छनौट गर्ने निर्णायकहरुमा गायिका नलिना चित्रकार ,भेषभुषा रुपकार(फेसन डि जाइनर ) बिना घले तथा विश्व गौतम रहेका थिए l 

नेपलीज अमेरिकन सम्मेलनमा खेलकुद ,मनोरंजन ,बिबिध मंच ,गोष्ठी ,व्यापार प्रदर्शन ,बालबालिका प्रतिभा प्रतियोगिता ,सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए l


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com