​अमेरिकामा नायिका नन्दिता केसी व्यस्त

विजय थापा ,वाशिंगटन डिसी आषाढ १७,

नेपाली चलचित्रकि नायिका नन्दिता केसी हाल अमेरिका बिशेष कार्यक्रममा सहभागी हुन् अमेरिका आई पुगेको छिन l अमेरिका केहि दिन अगाडी आई पुगेकी अभिनेत्री केसी अमेरिकाका बिभिन्न शहरमा बिदेशी तथा नेपाली समुदायका संघ तथा संगठनका बिभिन्न कार्यक्रममा सहभागी हुने भएको छिन् l 

नायिका केसीको ,यस पटक समेत लगाएर अमेरिकाको दोश्रो भ्रमण हो l यस पटक उनि पहिलो पटक जस्तै केवल आफ्नो प्रस्तुति मात्र गर्ने उदेस्यले अमेरिका टेकेकी हैनन् l अमेरिकाको उनको पहिलो भ्रमणमा बिदेशी तथा नेपाली समुदायले उन्को प्रस्तुतिलाई निकै मन पराएका थिए l बिदेशी तथा नेपाली समुदायले गरेको हौशला ,माया तथा उत्प्रेरणाबाट निकै उत्साहित भएकी नायिका केसी यस पटक फरक जिम्मेबारी लिएर अमेरिका आएकी बताइन l 

कलाकार केसीले सांगीतिक प्रस्तुति मात्रमा सिमित नभई बिभिन्न कार्यक्रममा निर्णायक ,मुख्य अतिथि ,अतिथि तथा अतिथि कलाकार हुन् मौका मिलेकोमा खुशी ब्यक्त गरेकी छिन् l 

अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा हुन् गइ रहेको एटलान्टा एएनए सम्मेलनमा हुने प्रतिभा प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएको छिन l

जुलाई १ देखि ४ सम्म संचालन हुने एएनए सम्मेलनमा सांस्कृतिक कार्यक्रम ,भेषभुषा प्रदर्शनी तथा समग्र कार्यक्रममा अतिथि कलाकारको रुपमा सहभागी समेत हुने भएको बताईन l 

नायिक नन्दितालाई जुलाई महिना भर भ्याई नभ्याई भएको छ l  आगामी क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा हुन् गइ रहेको वर्ल्ड फिल्म फेस्टिबलमा बिशेष अतिथि तथा अतिथि कलाकार समेत भै प्रस्तुति गर्ने अवसर पाएकोमा उत्साहित भएकी छिन् l वर्ल्ड फिल्म फेस्टिबल आगामी जुलाई २२ देखि ३० सम्म चल्ने छ l 

यसै गरिआगमी जुलाई ३० मा डिसी क्षेत्रमा हुने समर म्युजिकल साँझ नामक कार्यक्रममा समेत बिशेष प्रस्तुति तथा अतिथि कलाकारको रुपमा उनको प्रस्तुति  रहने छ l 

कलाकार भएको नाताले चलचित्र सम्बन्धि कुराकानी गर्ने क्रम नायिका नन्दिताले भनिन अमेरिका लगायत विदेशमा पनि नेपाली चलचित्रलाई मन पराउन थाल्नु भएकोमा खुसी लागेको बताइन l र अमेरिकामा पनि नेपाली चलचित्रको राम्रो अवस्था आफुले देखेको बताईन l 

कति को ब्यस्त हुनु हुन्छ भन्ने क्रममा उनले भनिन बिभिन्न शहरहरुमा नेपाली समुदायका कार्यक्रममा बिशेष अतिथि तथा अतिथि कलाकारको बारेमा कुराकानी चलि रहेको बताइन l

उनलाई भूकम्पमा कस्तो भूमिका रहेको थियो भन्ने सवालमा अमेरिका आउनु अगाडी काभ्रे जिल्लाको एक बिद्यालयलाई पुनर्निर्माण गरि हस्तान्तरण गरेको बताईन l  भूकम्पमा ठुला ठुला भवन बनाउन नसकेता पनि केहि गर्न सकेकोमा हर्ष व्यक्त गरिन l उक्त पाठशालाका बिद्यार्थीले कलाकारलाई पर्दामा मात्र देख्ने गरेको तर कलाकारलाई प्रतक्ष्य देख्न पाउदा कलाकारहरु भगवान रहेछन भनि मुक्त कण्ठले प्रशंसा गर्दा निकै गर्व लागेको बताईन l 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com