के तपाइको ढाड दुखिरहन्छ ?

काठमाण्डौ जेठ २०,

तपाईँले निरन्तर ढाड दुखिरहेको अनुभव गरिरहनुभएको छ ? यदि हो भने दुखाई अनुभव गर्ने तपार्इँ मात्र एक्लो भने होइन । संसारमा हरेक १० जनामध्ये १ जना यस्तो समस्याबाट पीडित रहेको पाइन्छ । ढाड दुख्ने समस्याले धेरैलाई अशक्त बनाउने गरेको बताइन्छ ।

विज्ञहरुका अनुसार ढाड दुख्नुका विभिन्न कारणहरु भए पनि एउटा महत्वपूर्ण कारण भने गलत आसनमा बस्नु नै हो । यसको अर्थ तपार्इँले उभिदा वा बस्दा राम्रो आसन ग्रहण गर्न सक्नुभयो भने ढाड र घाँटी दुःख्ने समस्या लगायतबाट मुक्त हुन सक्नुहुनेछ ।

कुर्चीमा बस्दा आफू ठीक आसनमा छु भनेर कसरी बुझ्ने त ?
‘तपाइले आफ्नो शरिरको आसनलाई एकदमै सजिलो बनाउनुहोस् । बसिरहेको अवस्थामा हड्डी, जोर्नी र मांशपेशीलाई न्यून चोट परोस्,’ खेलकुदका थेरापिष्ट मेघा भाटनगर भन्छन् ।

धेरैले जागीरमा शाररिक भन्दा पनि बौद्धिक परिश्रम गर्ने भएकाले घन्टौंसम्म कुर्चीमा बस्नुपर्ने हुन्छ । यो जीवनशैलीमा हाडजोर्नी तथा नसा सम्बन्धि स्वास्थको राम्रो ख्याल गर्नुपर्ने देखिन्छ । सबैभन्दा पहिलो सजिलो उपाय बस्दाखेरी दायाँ आसनलाई ध्यान दिनुपर्छ । सिड्नी स्कुल अफ पब्लिक हेल्थ स्टडिका अनुसार ढाड दुख्ने समस्याका कारण एशिया र अफ्रिकाका केही भागमा यसले महामारीको रुप लिन थालेको छ ।

‘दीर्र्घकालिन रुपमा अनुचित आसनमा बस्दा निरन्तर घाँटी र ढाडको समस्या हुन्छ । तसर्थ बस्दा र उभिदा निकै असल आसनमा रहुन महत्वपूर्ण हुन्छ,’ भारतको इन्द्रप्रस्था एपोलो अस्पतालका हाड जोर्नी सम्बन्धि विज्ञ राजु भाइस्या भन्छन् ।

के हो राम्रो आसन ?
कुर्चीमा कसरी राम्रो आसनमा बस्ने त ? ‘ढाडलाई सिधा पारेर छाती उचो पारेर बस्नुहोस् । तपाईको नितम्बले तपाई बसिरहेको कुर्चीलाई छुनैपर्छ । बस्दाखेरी तीनै ओटा ब्याक कर्भको उपस्थित हुनुपर्छ ।
तपाईको आसनलाई उपर्युक्त रुपमा मिलाउनका लागि एउटा गम्छापनि प्रयोग गर्न सकिन्छ ।

राम्रो आसन ग्रहणका लागि कुर्चीको अन्तिम भागसम्म बस्नुहोस र शरिरको माथिल्ले आधा भाग तल झुकाउनुहोस् । त्यसपछि माथि तनक्क तन्किनुहोस् र सम्भव भएसम्म तपाईँको ढाडको कर्भलाई अलि जोड दिनुहोस् । यो निकै उपर्युक्त आसन हो ।

कुर्चीमा बस्दा तपाईँ घुँडालाई ह्पिभन्दा हल्का अग्लो पारेर बस्नुहोस् । यसरी बस्दा तपाईको खुटा एक अर्कालाई कहिल्यै नबेर्नुहोस् वा नबर्टानुहोस् ।

बीएलके सुपर स्पेसिअलिटी हस्पिटलका न्यूरो चिकित्सक यसपाल सिंहका अनुसार एउटै पोजिसनमा केबल ३० मिनेट भन्दा बढी बस्नु हुँदैन् । तपाईले आफ्नो कुर्चीको उचाईमा ख्याल गर्नुपर्छ ताकी तपाईको तीघ्रा र पिडौलामा असुबिधा नहोस् ।

त्यसैगरी बस्दा खेरी कम्मर बंग्याएर कहिल्यै नबस्नुहोस् । उभिदा पनि खुट्टाकै भरमा सिधा उभिनुहोस् । झुकेर वा हातको टेको लगाएर वा वांगिएर कहिल्यै नउभिउनुहोस् ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com