कविता ' बिचार कम्पन '
हराएको मान्छे
बिरानो शहरमा
भोकले बेच्यो
अभावले बिके
जिम्मेवारिले हड्ताल गर्दा
कर्तव्यले अनसन बस्दा
कठालो समातेर
रात र दिनले
नत्थी लाएर
जोताउँछ यहाँ
रहरहरु भने
हत्केलामा बालुवा फुत्के जस्तो
फुत्कन्छ बराबर
उभिन्छ बिरोधमा
नारा लाउँछ सिमलको भुवा सरि
आकाश पाताल कता हो कता
वर पीपलको जरा हू भन्छ
काँडामा गुलाब फुलेकै छु
हिलोमा कमल फक्रेकै छु
चट्टानको कापमा सुनगाभा भएर
तिम्रो मनमा फुलेको छुइन र
बेस्मारी निहू खोज्छ
म भने यस बेला
देश बहादुरलाई सम्झन्छु
दोष बहादुरलाई सम्झन्छु
अझ सम्झन्छु नागरिकको आशुहरु
कोशी कर्णाली र गण्डकी भएको
हरियो चारकोशे झाडी सकिएको
बामे सर्न नपाई मरेका योजनाहरु
भबिस्य उपल्लो सिमाना बजारमा
त्यो भन्दा पारी पट्टि कतै
नाङ्लोमा बिक्छ खुद्रे समान भएर
किन करले नत्थी लाउँदैन
किन रहरले नत्थी लाउँदैन ?
दीपा राई पुन
हत्केलामा बालुवा फुत्के जस्तो
फुत्कन्छ बराबर
उभिन्छ बिरोधमा
नारा लाउँछ सिमलको भुवा सरि
आकाश पाताल कता हो कता
वर पीपलको जरा हू भन्छ
काँडामा गुलाब फुलेकै छु
हिलोमा कमल फक्रेकै छु
चट्टानको कापमा सुनगाभा भएर
तिम्रो मनमा फुलेको छुइन र
बेस्मारी निहू खोज्छ
म भने यस बेला
देश बहादुरलाई सम्झन्छु
दोष बहादुरलाई सम्झन्छु
अझ सम्झन्छु नागरिकको आशुहरु
कोशी कर्णाली र गण्डकी भएको
हरियो चारकोशे झाडी सकिएको
बामे सर्न नपाई मरेका योजनाहरु
भबिस्य उपल्लो सिमाना बजारमा
त्यो भन्दा पारी पट्टि कतै
नाङ्लोमा बिक्छ खुद्रे समान भएर
किन करले नत्थी लाउँदैन
किन रहरले नत्थी लाउँदैन ?
दीपा राई पुन