दलित एकता संजाल युएईले बिभिन्न कार्यक्रम गर्दै छुवाछुत मुक्त दिवस मनायो ।

उत्तम बिक युएई ४ जेठ २३,

दलित एकता संजाल युएईले ३ जुन २०१६ का दिन युएईको बरदुबईमा बिभिन्न कार्यक्रम सहित छुवाछुत मुक्त दिबस मनाएको छ ।

संजालका अध्यक्ष बिनोद बिश्वकर्मा गोतामे को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संजालका सल्लाहाकार पदम नेपाली प्रमुख अतिथी रहेका थिए भने अतिथीहरुमा नेपाली जनप्रगतिशील मोर्चा युएईका उपाध्यक्ष अर्जुन सुबेदी, दिनेश बिश्वकर्मा, रोसन सुनार लगायतका रहेका थिए ।

संजालकी कोषाध्यक्ष बिनिता बिश्वकर्मा कोईरालाको स्वागत मन्तब्यबाट शुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी पदम नेपाली, अतिथी अर्जुन सुबेदी, हेमा सुनार, सरोज परियार, मधुमाया लम्साल लगायतले समाजमा रहेको जातिय छुवाछुत जस्तो अमानबिय कुप्रथाको अन्त्य गर्न सबैमा चेतना फैलाउदै अगाडी बढनु पर्ने बताएका थिए । यसरी सबैको मन्तब्य संगै प्रथम चरणको कार्यक्रमको अन्त्य गर्दै सभापति बिनोद बिश्वकर्माले उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

प्रथम चरणको अन्त्य संगै कार्यक्रम संचालक चित्र नेपालीले दोश्रो चरणको कार्यक्रम शुरु गरेका थिए । दोश्रो चरणको कार्यक्रम अन्तरगत जातिय छुवाछुत बिरुद्धको सामाजिक चलचित्र बाटोमुनिको फूल २ प्रर्दशनीको लागी युएई आईपुगेका कलाकारहरु निर्माता रिना साही र नायिका आसिश्मा नकर्मीलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो भने सोही कार्यक्रममा अन्तरजातिय बिबाह गरेका जोडि सरोज परियार र मधुमाया लम्साललाई पनि संजालले सम्मान गर्दै सफल दाम्पत्य जिबनको लागी शुभकामना दिर्ईएको थियो । 
स्मरण रहोस उक्त जोडि कलाकार समेत रहेको हुँदा उनिहरुको सम्मान स्वरुप संजालले उनिहरुलाई गिती एल्बमको लागी लगानी गर्ने उदघोष गरेको छ भने उक्त जोडिले पनि आफ्नो प्रतिभा छिटै बजारमा ल्याउने बचन दिएका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com