बिश्वकर्मा समाज नेपाल युएईले संस्कृतिक कार्यक्रम साथै प्रथम वार्षिकोत्सव मनाउँदै...

उत्तम बिक युएई आषाढ १५,

बैदेशिक रोजगारीको शिलशिलाम युएईमा रहेका बिश्वकर्मा दाजुभाई दिदीबहिनीहरुलाई संगठित गरी निर्माण गरेको बिश्वकर्मा समाज नेपाल युएईले आगमी जुलाई १५ शुक्रबारका दिन बिभिन्न सास्कृतिक कार्यक्रमका साथ प्रथम बार्षिकोत्सब कार्यक्रम मनाउने भएको छ ।

गत १७ जुन २०१६ मा युएईको बरदुबईमा समाजका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा बसेको छैठौं नियमित बैठकले बिभिन्न निर्णयहरु गर्दै प्रथम बार्षिकोत्सब कार्यक्रम युएईमा रहेका नेपाली कलाकारहरुको प्रस्तुती सहित बिभिन्न सास्कृतिक कार्यक्रमका साथ मनाउने निर्णय गरेको हो ।

कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी समाजका बिभिन्न ब्यक्तीहरुलाई जिम्मेवारी बाडफाड गर्दै बैठकले अगमी १५ जुलाईको बार्षिकोत्सब कार्यक्रम मार्फत युएईमा रहेका नेपालीहरुलाई परेका  बिभिन्न समस्याहरुमा सक्रिय रुपमा सहयोग प¥याउने समाजसेबी, बुद्धिजिबी लगायत बिभिन्न ब्यक्तीत्वहरुलाई सम्मान गरिने अध्यक्ष बाबुराम बिश्वकर्माले बताए ।

समाजका संरक्षक योगेन्द्र सिं बिश्वकर्मा, प्रमुख सल्लाहाकार देब बिश्वकर्मा लगायत केन्द्रिय समितिका पदाधिकारीहरु,केन्द्रिय सदस्यहरु तथा सारजाहा, आबुधबी, दुबई लगायतका क्षेत्रिय अध्यक्षहरुको बिषेश उपस्थिती रहेको उक्त बैठकले बार्षिकोत्सब मनाउने लगायत बिभिन्न  बिषयमा बृहत छलफल गरेको थियो ।

 बैठकले हालसालै भएको एसएलसी परिक्षमा राम्रो अंक ल्याएर उतिर्न भएका ५ जना अनाथ, गरिब तथा जेहेन्दार बिश्वकर्मा छात्र–छात्रा र कक्षा १० मा अध्यनरत ६८ बर्षिय दुर्गा कामीलाई शिक्षको लागी जनही दश हजार रुपैया आर्थिक सहयोग दिने साथै भुकम्प पिडितको लागी सामुहिक बस्ति बनाउने धुर्मुस सुन्तली अभियानलाई पचास हजार रुपैया सहयोग गर्ने निर्णय समेत गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com