काठमाण्डौ जेठ २६,–
गेडागुडीको झोल, आलु, रोटी दालभात, तरकारीका साथै प्रशस्त सागपात र फलफूल खाने ।
– मासु धेरै नखाने
– हरेक दिन कम्तीमा चार सय ग्राम फलफूल र सागपात खानु आवश्यक छ । फलफूलमा भएको भिटामिन र खनिज पदार्थ एवं रेशायुक्त वस्तुले धेरै प्रकारका क्यान्सरबाट बचाउँछ ।
– दैनिक खानामा दालभातसँग गेडागुडी पनि समावेश गर्ने ।
– सकेसम्म पालिस कम भएका पोषणयुक्त गेडागुडी बढी ध्यान दिने । यी खाद्य पदार्थ प्रोटिनका राम्रा स्रोत हुन् ।
– राँगा, खसी, बङ्गुर वा भेडाको रातो मासु सकेसम्म खाँदै नखाने । खानैपरे माछा र कुखराको मासु खाने । मासु बढी खानेलाई क्यान्सरको सम्भावना बढी हुन्छ ।
– बढी पोलेको र धुवाँमा सेकिएको खाद्य परिकार नखाने । यस्ता परिकारमा कार्बनलगायत अखाद्य मात्रा बढी हुन्छन् ।
– खाद्यवस्तुलाई उसिनेर, बफाएर वा पकाएर खाने गर्नाले स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
– धेरै बोसो खानाले स्तन, ठूलो आन्द्रा, प्रोस्टेट ग्लान्डको क्यान्सरको सम्भावना बढी हुन्छ ।
– जाँड, रक्सी र सुर्र्तीजन्य पदार्थको सेवनले मुख, घाँटी, श्वासनली, फोक्सो, कलेजो र स्तन क्यान्सर हुने खतरा हुन्छ ।
– नुन कम खाने
– खाना सकेसम्म ताजा खाने । धेरै दिनसम्म तापक्रम नमिलाई थन्काइराखेको खाना नखाने । यस्तो खानामा विषाक्त हुन्छ जसबाट कलेजोको क्यान्सर हुने सम्भावना हुन्छ ।
– प्राकृतिक खाद्यपदार्थ मात्रा मिलाएर आवश्यकता अनुसार सेवन गर्ने ।
– शरीरको वजनलाई धेरै कम वा बेसी हुन नदिने । उमेर बढी भएकाले आफ्नो शरीरको वजन बढेमा पनि पाँच किलोभन्दा बढी बढ्न नदिने ।
– नित्य शारीरिक व्यायाम गरी शरीरलाई चुस्त र तन्दुरुस्त राख्ने ।
– अधिक वजन भएकालाई पेट, पाठेघर, पित्तथैली, प्रोस्टेट ग्लान्डआदिको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
स्रोत; नेपाल अर्बुद रोग निवारण संस्था