दाह्रीवाल केटीको मनछुने कथा

एजेन्सी जेठ २४,

हामीलाई जीवनका सानातिना घटनाले विचलित बनाउँछ । एक सुन्दरी किशोरी, जोे जीवनको नयाँ लय समात्ने क्रममा थिइन् । बढ्दै गएको उमेरसँगै हुँदै गएको जिउडालको परिवर्तनले अनौठो महशुस गराउने नै भयो, रोमाञ्चित पनि ।

हरमान कौर नामकी किशोरी । जो आफ्ना साथीको तुलनमा चाँडै बढ्न थालिन् । उनको जिउडाल देखेर उनको साथीहरु पनि ईश्र्या गर्थे– आहा कस्ति राम्री भ’को तिमी ?

तर, त्यो रुपरंग धेरैदिन अनुभवै गर्न पाइनन् । १३ वर्षको उमेरमा एकदिन ऐनामा हेर्दा गालामा दाह्री जस्तै देखिन् । दोस्रो, तेस्रो दिन दाह्री झांगिदै ठ्याक्कै आफ्ना पिताको जस्तै बन्यो ।

महिलामा हर्माेनको गढबढीले हुने एक प्रकारको रोग ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ले उनको दाह्रीजुँगा आएको थियो । त्यसपछि शरीरका अन्य भागमा पनि रौं बाक्लिन थाले ।

उनी तिनै राम्री भन्ने स्कुलका साथीको खिसी, ठट्टा र हाँसो पात्र बन्न थालिन् । धेरै जनाका लागि अनौठो पात्र भइन् । यसले उनमा निराशा बढ्दै गयो । सबले उनको रुप देखेर कमेन्ट गर्न थालेपछि उनी डिप्रेशनमा गइन् । एकदिन उनले झ्यालढोका बन्द गरिन् र आत्महत्याको तयारी गरिन् ।

यही बेला उनको मनमा अनौठो सोच जाग्यो । उनलाई लाग्यो आत्महत्या गर्नका लागि खर्चिने ऊर्जालाई दाह्रीवाली केटीका रुपमा पहिचान बनाउन किन नखर्चिने ? किन आफू जस्तै रोगबाट पीडितहरुको जीवनमा सकरात्मक परिवर्तन नल्याउने ? त्यसपछि उनले एक फोटोग्राफरसँग तस्बिर खिचाइन् र सोसियल मिडिया मार्फत् आफूलाई एक्सपोज गरिन् ।

जीवनमा आउने जुनसुकै परिवर्तनमा पनि धैर्यताका साथ सामना गर्न अरुलाई सम्झाउन थालिन् । उनको फेसबुकमा हजारौं फलोवर छन् । जहाँ उनी प्रेरणादायी, ऊर्जा जगाउने र सकरात्मक सोच ल्याउने स्ट्याटस र कहानी पोष्ट गर्छिन् ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com