महिनावारी रोक्ने औषधि प्रयोगले पुर्याउने असर !

काथामंदु आसर ७,

महिलाहरु कामकाजी हुन थालेका छन् । जसले गर्दा कहिलेकाहिँ कामको व्यस्तताले गर्दा मासिक धर्मलाई पर सार्न उनीहरु बाध्य हुने गरेका छन् । यसका लागि चिकित्सा विज्ञानले केही औषधिको जोहो पनि गरिदिएको छ ।

तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन । यस्ता औषधी स्वास्थ्यका लागि हानीकारक हुन्छन् ।
हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको सँख्या बढेको पाइन्छ ।

यो औषधि हर्मोनको चक्की हो र महिला महिनावारी हुुनु भनेको पनि हर्मोनको परिवर्तन नै हो । त्यसैले यसले शरीरमा असर गर्दछ ।’ यस्ता  औषधीलाई महिनावारी तलमाथि पार्न सक्दो प्रयोग गर्नुहुदैन । यस्ता औषधिले विवाहित वा अविवाहित सबै महिलालाई असर गर्छ ।_स्रोत-स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com