विबाहितालाई क्यान्सरको सभाम्भावना कम

एजेन्सी जेठ २८,

एउटा अध्ययनले पनि यस्तै भनेको छ । यस अध्ययन अनुसार बिबाहित मानिसले क्यान्सर जित्ने  सम्भावना धेरै हुने देखाएको छ ।

अमेरिकास्थित युनिर्भसिटी अफ क्यालिफोर्निया (युसी) सान डियगोका वैज्ञानिकहरुले ६० हजार मानिस माझ ६ प्रकारका क्यान्सर अध्ययन गरेका थिए । जस अनुसार बिबाहित जोडिलाई क्यान्सरको २० प्रतिशत सम्भवाना न्यून हुन्छ । अनुसन्धानकर्ताहरुका अनुसार बिबाहित जोडिलाई उनीहरुका पार्टनरले चिकित्सककहाँ जान र थप उपचार बुझन बारम्बार कर गर्छन् । रोग लागेपछि पार्टनरको बिचल्ली हुने अनुमानमा अरुका लागि बाँच्न पनि रोगबारे सचेत हुने गरेको दी टेलिग्राफले रिर्पोट गरेको छ ।

एकल मानिसहरुमा जोडिको तुलनामा २० प्रतिशत क्यान्सरको खतरा बढी भएको अध्ययनले देखाएको छ । एकल पुरुषले महिलाले भन्दा झन् खराब अवस्थाको सामना गर्नुपर्ने अध्ययनमा उल्लेख छ । बिबाहितको तुलनामा अबिबाहित पुरुषलाई २४ प्रतिशत खतरा बढी हुने पाइएको छ । पार्टनरको तुलनामा पुरुषले स्वास्थ्यका दृष्टिले बढी फाइदा लुट्ने अध्ययनमा उल्लेख छ ।

बिबाहपछि पुरुषले अझै बढी सामाजिक समर्थन प्राप्त गरेको अध्ययन समूहका  मारिअ इलेन्जा मार्टिनेजले बताए ।
‘तपाईं एकल हुनुहुन्छ भने तपाईको स्वास्थ्यको बारेमा चासो देखाउने कोही हँुदैन । यो सन्दर्भ विशेष गरी पुरुषका लागि लागू हुन्छ । एकल भए पनि महिलाले भने बढी सहयोग पाउँछन्,’ अधययन टोलीका सदस्य म्याथ्यु वाईडुवुल्टले भने, ‘बिबाहित र परिवार सहितका मानिस रोग लाग्ने वित्तिकै उपचार गर्छन् ।’

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com