के हो डायलसिस ?

डा; शक्ति बस्नेत,

काठमाण्डौ जेठ २२,

डायलसिस भनेको मिर्गौला फेल भैसकेपछि बिरामीलाई बाचाउन गरिने एउटा उपचार विधि हो । यसमा एउटा मेसिनको प्रयोग गरिन्छ । 

जब मिर्गौलाले ९० प्रतिशतसम्म कामगर्ने क्षमता गुमाउँछ त्यो अन्तिम अवस्थामा डायलसिस गरिन्छ । डायलसिसमा मिर्गौलाले गर्ने काम मेसिनले गर्छ  । त्यसैले डायलसिसलाई कृत्रिम मिर्गौला भनिन्छ । मेसिनमा मिर्गौला फेल भैसकेका बिरामीको रगत पठाइन्छ । त्यसमा डायलचर भन्ने उपकरण हुन्छ, जहाँबाट रगत सफा हुन्छ र त्यो सफा भएको रगत पुनः बिरामीको शरीर भित्र जान्छ । 

डायलासिस बाँचुञ्जेल हप्ताको २–३ पटक गर्नुपर्छ । डायलसिस पेरिटोनीयल र हेमोडायलसिस गरी दुई किसिमको हुन्छ । पेरिटोनियल डायलासिसमा रगतलाई शरीरभित्रै सफा गरिन्छ । यो पद्धति नेपालमा त्यति प्रयोगमा भने आएको छैन । हेमोडायलसिस भनेको एउटा प्रक्रिया हो । 

यो प्रक्रिया पूरा गर्ने मेसिनलाई हेमोडायलाइजर भनिन्छ । यसले रगत सफागर्ने काम गर्छ । रगत सफा गर्नुको साथै बिरामीको शरीरबाट पानी पनि निकाल्नु पर्ने हुन्छ । हेमोडायलासिसले पानी पनि निकाल्ने काम गर्छ । यो एउटा कृत्रिम मिर्गौला हो ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com