बलत्कारीलाइ फाँसी दिने कानुन बनाऊ सरकार !

मानिस सर्वाधिकार होइन, किनभने हामीभन्दा माथी कानुन छ । कानुन सवैले पालना गर्नु पर्दछ । कोही कसैले कानुनलाई हातमा लिन खोज्यो भने त्यो अपराध हो । देशमा जसले जे गल्ति गर्दछ, त्यसले सोही अनुसारको सजाय भोग्नु पर्दछ । अव पनि अपराधीलाई राज्यले कानूनी कठघरामा उभ्याउन कडाईकासाथ तत्परा नदेखाउने हो भने राज्य नै अपराधीको नियन्त्रणमा पुगेको ठानिनेछ ।

यस्तै अपराध अपराधीको सूची अनि कडाभन्दा कडा कारबाहीको कुरा गर्दा महिलामाथिको हिंसा पर्दछ । अझ बलात्कारजस्तो जघन्य अपराधका दोषीलाई किन सजायको अन्तिम बिन्दुसम्मै  पुर्याउन सकिंदैन भन्ने प्रश्न उठेको छ । नारी सृष्टिकर्ता हुनु । तर, त्यही नारीमाथि किन यस्तो अमानविय ब्यवहार गरिन्छ रु हजारौंको बलिदान र लाखौंको जीवन अङ्गभङ्ग गरी देशमा प्रजातन्त्र, लोकतन्त्र आयो । हुदाँहुदाँ जनताले चुनेका जनप्रतिनिधिको हातले लेखेको विश्वको सर्वोकृष्ट संघीय लोकतान्त्रिक गणतन्त्र संविधान आयो । के यो संविधानमा नारीको जीवनमा पुरुषले मोजमस्ती गर्ने पाउने मौलिक अधिकारको प्रत्यभूति गरेको छ र ?
गरेको छैन भने, यो संविधानमा नारीको रगतमा होली खेल्ने पुरुषहरुलाई किन आजीवन जेल सजाए हुनेछ, भनेर लेखिएन रु देशमा शासन फेरिए, शासक फेरिएका छैनन् । त्यसैले एक्काईसौं शताब्दीमा आएर पनि नारीहरु पुरुषको दास बन्नु परेको छ । जसको एउटा ज्वलन्त उदाहरण हो, कपिलवस्तुको शिवराजनगरपालिका नौडिहवाकी बोल्न नसक्ने महिलामाथि भएको सामूहिक बलात्कार ।

एउटा अध्याँरो कुनामा बसोवास गरेको एक अनपढ पुरुषले यस्तो काम गरे पनि सहजै स्वीकार गर्ने सकिने थियो तर त्यो पनि रहेन । नागरिकहरुको जीउधनको रक्षा गरी शान्ति सुरक्षाको प्रत्याभूति दिने, अपराधीलाई कानुनको भागेदारी बनाई सभ्य समाज निर्माणगरी राष्ट्र, राष्ट्रियता कायम राख्ने निकायका सदस्यबाट त्यस्तो भएको छ । यो समाचारले सबैलाई आश्चर्यचकित बनाएको छ ।

कुनै एकजना नियत विग्रिएको प्रहरीमात्र भए पनि यो घटना स्वाभाविक मानिने थियो तर दश–दश जना नवजवान सशस्त्र प्रहरीबाट बलाकृत हुनु सवैले कल्पना गर्नुहोस त कस्तो भयो होला ती नारीको जीवन ?
उनको भाग्य बलियो रैछ । मुत्यु भएको भए, अज्ञात समुहबाट एउटी फलानो नाम गरेकी महिला मृत अवस्थामा फेला परेकी छन, भनेर हत्तपत्त पत्रकार सम्मेलन गरेर प्रहरी प्रशासन उम्कने थियो ।

त्यस्तै काभ्रे पाँचखाल नगरपालिका –११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई नातेदार दलालहरुले २०७१ साल वैशाख २० गते घरबाटै ललाई फकाई भारतको दिल्लीमा लगेर विक्री गरेको घटना ।
यी दुई प्रतिनिधिमलक घटना मात्र हुन । हाम्रो समाजमा यस्ता घटनाहरु अनगिन्ती छन । जो मनभरी गुम्सिएर रहेका छन । ती सवै घटनाहरु एकदिन अवश्य बाहिर आउने छन । कुरा यतिमात्र हो, हामीले समयलाई पर्खनुपर्दछ । तत्कालै बाहिर आएका दुईवटा घटनाले एउटा नारीले गरिवको कोखमा जन्म लिनु नै दोष हो रु
मानिस सचेत र सामाजिक प्राणी हो । पशुजस्तो गरी किन मोलमोलाई गरिन्छ ?

यता–यस्तै अनेक घटना घटिरहेका छन् र घटिरहन्छन् हाम्रो समाजमा । अब यो रोकिनुपर्छ । देश परिवर्तन भएको छ । देशमा जनताले बनाएकोा संविधान छ । महिला हिंसा गर्नेहरुलाई सोही अनुसार कारवाही गरी पीडितहरुको घाउँमा मलहमपट्टी लगाई उनीहरुलाई राज्यले दीर्घकालीन आधारभूत आवश्यताको ब्यवस्था गर्नुपर्दछ । पीडितको मनोवल उच्च राख्न राज्य तयार हुनुपर्दछ ।

हैन, यसलार्य कडाई नगरी अव आउँने दिनमा यस्तै घटना दोहोरी रहने हो भने घर–घरबाट नारी आक्रोशको ज्वाला निस्कने छ । त्यो ज्वालाले ककसलाई भष्म गर्नेछ पत्तो छैन । त्यो ज्वाला मुलुकको वास्तविक क्रान्ति हुनेछ ।

त्यसैले बलात्कारीलाई मृत्युदयड र बलात्कृत महिलालाई उसको श्रीमतीसरहको मान्यता दिएर आँधा सम्पत्ति दिने कानुन नबन्दासम्म यस्ता घटनाका कमी आउने छैन । कमजोर कानुन र राजनीतिक आड भरोसामा अपराधबाट उन्मुक्ति पाइने गलत राजनीतिक परिपाटीले नै बलात्कार जस्ता अपराध बढिरहेको छ । यसको अन्त्यका लागि उपरोक्त कानुन र त्यसको कडा कार्यान्वयन अपरिहार्य छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com