समाजसेवी केसी एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त



विजय थापा ,वाशिंगटन डिसी 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व  अध्यक्ष प्रल्हाद केसी अमेरिकाको म्यासाचूसेट्स राज्यको लागि एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भएका छन् l 

केसीलाई  म्यासाचूसेट्स राष्ट्र मण्डल गभर्नर को कार्यालयले गत जुन १ तारिख देखि लागु हुने गरि उक्त पदमा नियुक्त गरेको छ l उनलाई म्यासाचूसेट्स राष्ट्र मण्डल का गभर्नर चार्ल्स डि बेकरले उक्त आयोगका सदस्य पदमा मनोनित गरेका हुन् l 

बिभिन्न संघ तथा संस्था तथा सामाजिक सेवामा आफ्नो योगदान पुर्याएका केसी बिगत ३५ बर्ष देखि अमेरिकामा परिवार सहित बोस्टनमा बस्दै आएका छन् l उक्त नियुक्त पत्रमा केसीलाई आफ्नो उत्तरदायी बहन सुरु गर्नु अगाडी सपथ ग्रहण गर्नै पर्ने जनाएको छ l 

सरकारका गभर्नर प्रतिनिधि क्यारिन ई पोलिटो तथा चार्ल्स दि बेकरले म्यासाचूसेट्स राष्ट्र मण्डलमा केसीको सेवा गर्ने राजीखुसी मा कदर गर्ने  उक्त नियुक्त पत्रमा उल्लेख छ l 

एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भए पछि केसीले खुसि व्यक्त गर्दै आफ्नी जीवन संगिनी पत्नी तथा सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका छन् l हामी अवसरको भुमि अमेरिका आएका छौ l हामी केवल दालभातमा मात्र समय खेर फाल्नु हुदैन केसीले भने l उनले अगाडी भने अब नेपाली समुदायको जन घनत्व बढ्दै गएकोले हामी मुलधारमा अब जानु पर्छ l 

यहाँको सरकार संग मिलिजुली काम गर्दै नेपाल र नेपालीलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरामा आफु चिन्तित रहेको बताए l यहाँबाट के कुरा नेपाललाई दिने हो भन्ने बिषयमा आफु केन्द्रित रहेको बताए l र ,उनले थपे नेपालको सिंह दरबारको राजनीति अमेरिकामा गर्न छोड्नु पर्छ अनि मात्र हामी नेपाली अमेरिकामा उभो लाग्ने बताए l 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com