गुपचुप डेटिङ दिपिका र रणवीर सिंह

एजेन्सी मुम्बई आषाढ ३,

बलिउडमा पछिल्लो समय रणविर सिंह र दिपिका पादुकोणको प्रेमको चर्चा छ। उनीहरू स्वयम पनि यसबारेमा सहज छन्। यसै कारण पनि दिपिका र रणविरले मौका मिल्नासाथ एकअर्कालाई 'सरप्राइज' दिदैं माया दर्साउने कुनै मौका छाड्दैनन्।

दीपिका हलिउड फिल्म 'इक्सएक्सएक्स: द रिटर्न अफ ज्यान्डर केज'को सुटिङ्मा अमेरिकामा व्यस्त भइरहँदा पनि रणवीरले उनलाई अचम्ममा पार्दै भेट्न गए। दीपीका हालै होमी अडजानियाको 'रब्ता'को सुटिङ्का लागि बुडापेस्टमा थिइन र हाल मुम्बई फर्किसकेकी छिन्।

नयाँ खबरका अनुसार रणविरले दीपिकाका लागि एउटा गोप्य छुट्टीको योजना बनाइरहेका छन्। रणविर पेरिसमा 'बेफिक्रे'को सुटिङ्मा व्यस्त छन्। त्यताबाट फर्किने बित्तिकै उनीहरू सँगै छुट्टी मनाउन निस्कने बताइएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com