युवतीको छाती जांच गर्न अप्ठेरो हुँदा स्टेथोस्कोपको आविष्कार भयो

एजेन्सी जेठ २३,

अक्सर लजाउने अथवा अप्ठ्यारो महशुस गर्ने बानीले जीवनको दौडमा मान्छे पछि पर्छ भनिन्छ । तर, यो कुराले तपाईं अचम्ममा पर्न सक्नुहुन्छ कि एक डाक्टर लजाउँदा स्टेथोस्कोपको अविष्कार भएको थियो । जुन अहिले चिकित्सा क्षेत्रका लागि महत्वपूर्ण औजार बनेको छ ।  चिकित्सा बिज्ञानमा यसलाई ठूलो अविष्कारका रुपमा पनि लिइन्छ ।

कसले गरे त यसको अविष्कार ? फ्रान्सका बैज्ञानिक रेने थियोफाइल हायसेनिक लिनेकले बनाएका थिए यो । उनले यो बनाउनुका पछाडि एउटा गज्जबको कहानी छ ।

सन् १७ ८७ मा फ्रान्समा भएका थियो यी डाक्टरको जन्म । उनले मेडिकल क्षेत्रको पढाइ आफ्नै काकाको रेखदेखमा गरे । त्यसपछि उनलाई फ्रान्सको क्रान्तिमा मेडिकल युनिटका रुपमा सहभागी हुन बोलाइयो । यसरी बिचमै रोकिएको आफ्नाृ पढाइ उनले १८०१ मा फेर सुरु गरे । सन् १८१५ मा शाही सत्ता स्थापित भएपछि  उनी नेककर नामक हस्पिटलमा काम गर्न थाले ।

जाँच गर्दै लिनेक

लिनेकलेल स्टोथोस्कोपको अविष्कार १८१६ मा गरे । यसको एउटै कारण थियो, उनको लज्जा । यसको अविष्कार गर्नुअघि डाक्टरले बिरामी जाँच्दा उसको मुटु नजिकै कान राखेर धड्कन सुन्ने गर्थे । जब मुटुको बिरामीले ग्रस्त एक युवती उपचारका लागि आइन् उनलाई छातिमा कान राखेर धड्कन सुन्न अप्ठ्यारो महशुस भयो ।

आफूकहाँ आएको बिरामीलाई जाँच्नु पनि पर्ने भयो र भर्खरकी युवतीको छातिमा कान राख्न पनि असहज भएपछि उनले विकल्प सोच्न थाले । त्यसपछि उनले उपाय लगाए– कागजलाई मोडेर एक भाग उनको छातिमा राख्ने र अर्काे छेउबाट कानले सुन्ने  । यसरी बनाएको कागजको ढुङ्ग्रोबाट ती युवतीको मुटुको धड्कन सुुन्न उनी सफल भए । त्यसपछि उनी आफ्नो कर्मबाट उत्साहित भए । उनी बाँसुरी बादक समेत भएकाले यस्तो आइडिया आएको भनिन्छ ।

त्यो प्रयोग सफल भएपछि उनले बाँसुरी बनाइने बाँसमा एकतिर माइक्रोफोन र अर्काेरित इयरपिस लगाए । त्यसपछि त मुटुको धड्कन अझ प्रष्ट सुनिन थाल्यो ।  उनले यसको नाम स्टथोस्कोप राखे  । यो नामको राख्नुको पछाडि कारण छ । ग्रिक भाषमा ‘स्टेथोस’ को अर्थ छाति र ‘स्कोप’को अर्थ परीक्षण हुन्छ । छातिको परीक्षणलाई स्टथोस्कोप भन्न थाले ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com