नेपाली समाज युएई को अन्तरक्रिया सम्पन्न

निमकान्त पाण्डे, दुबई जेठ २३,

युएई मा क्रियासिल विभिन्न सामाजिक संस्थाहरु बीच नेपाली समाज युएई ले अल सिराज लसी सेन्टरमा सुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधि,समाजसेवी, बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा रहेको थियो ।
नेपालीहरुको सबै भन्दा पुरानो सामाजिक संस्थाको रुपमा रहेको समाजले आफ्नो २६ औ बार्षिक उत्सब तथा कल्याणकारी कोष स्थापनाको मुख्य बिषयलाई अन्तरक्रियाको बिषयमा राखेको थियो।

समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षता सम्पन्न कार्यक्रममा युएईमा क्रियासिल करिब चालीस सस्था प्रमुखहरु उपस्थिति रहेको थियो।

बिगतमा नेपाली समाज जस्तो रहेता पनि आजको अन्तरक्रिया कार्यक्रममा सामाजिक भाबना बोकेका नेपालीहरुको उपस्थितले आफुलाई मलजल मिलेको अध्यक्ष साप्कोटाले समाजलाई नया उर्जा पुगेको भन्दै कार्यक्रम सफल भएको बताए ।

समाज सेबिहरुको अमुल्य सुझावले समाजलाई सहि निर्देशन दिनका लागी कोशेढुंगा साबित हुने जनाउदै महासचिब मणि भुर्तेलले अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैलाई सुझाब राख्ने अवसर दिएका थिए।

कार्यक्रममा उपस्थित संस्था प्रमुखहरुले आ-आफ्ना बिचारहरु राख्दै संस्थाले युएई स्थित कार्यरत लगभग चार  लाख नेपालीहरुको साझा संस्था नेपाली समाजले धेरै भूमिकाहरु निर्वाह गर्न बाकि रहेको जनाउदै समाजले गरेका हरेक राम्रा कामहरु प्रति पूर्ण साथ समर्थन दिने प्रतिबद्दता प्रकट गरेका थिए।
फोटो - मोहन बस्याल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com