तपाईं कम्प्युटर भिजन सिन्ड्रोमबाट पीडित त हुनुहुन्न ?

एजेन्सी जेठ १९,

जोनी रिटानो न्युर्योकस्थित ला गुआर्डिअ कम्युनिटी कलेजकी इतिहासकी प्राध्यापक हुन । उनी इतिहासबारे निकै राम्रा र पठनीय पुस्तक लेख्छिन् । उनको पेसागत दिनचर्या प्रायः  कम्प्युटरमा नै बित्छ । तर, कम्युटरअगाडि बस्दा उनको आँखामा खपिनसक्नु पीडा हुन्छ । ‘कम्प्युटरमा बस्दा आँखा दुखेर काम गर्न नै गाह्रो हुन्छ,’ उनी भन्छिन् ।

केहीबेर हेर्न छाडेपछि उनको आँखामा आराम मिल्छ । तर कम्प्युटरमा हेर्नेबित्तिकै यो समस्या फेरि बल्झिन्छ । ‘कम्प्युटर गेम खेलेकी भए त कम्प्युटर बन्द गर्थें होला तर इतिहासबारे पुस्तक लेख्दैछु, कम्प्युटरमा नबसी सुख्ख नै छैन,’ यी पीडित प्राध्यापक गुनासो गर्छिन् ।

डा. रिटानोलाई कम्प्युटरभिजन सिन्ड्रोम भएको हो । यस समस्याबाट पीडित हुने उनीमात्र एक्ली  होइनन् । कम्प्युटरमा दुई–तीन घन्टा बिताउनेलाई पनि प्रायः यो समस्या देखिन्छ ।

संसारभर ७ करोड मानिस कम्प्युटर भिजन सिन्ड्रोमबाट पीडित छन् । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । नाइजेरिया र बोत्स्वानाका आँखा विज्ञले लेखेको र मेडिकल प्राक्टिस एन्ड रिभ्युमा प्रकाशित एक अध्ययनमा विज्ञहरुले पछिल्लो समयमा यस सिन्ड्रोमबाट प्रभावित हुने पेशाकर्मीको सूची नै तयार पारेका छन् ।

लेखापाल, वस्तुकलाविद्, बैंकर, इन्जिनियर, फलाइट कन्ट्रोलर, पत्रकार, प्राज्ञिक वर्ग र विद्यार्थीले ‘कम्प्युटरको सहयोगबिना काम गर्न नसक्ने’ अध्ययनमा उल्लेख छ । अझै दैनिक घन्टौसम्म कम्प्युटरमा बिताउने बालबालिका र प्रौढलाई त यो सूचीमा अझै समावेश गरिएको छैन ।

कम्प्युटर धेरै प्रयोग गर्ने ९० प्रतिशत जनसंख्यामध्ये ७० प्रतिशतमा एक वा त्यसभन्दा बढी कम्पयुटर भिजन सिन्ड्रोम भएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।  लामो समयसम्म कम्प्युटरको प्रयोग गर्ने आदत केबल भिजनसँग मात्र सबन्धित छैन,  निरन्तर टाउको र घाँटी दुख्ने तथा ढाडको समस्या देखिने गरेका छन् ।

नाइजेरियाका टोप रेमोन्ड अकिनबिनु र बोस्त्वानाका वाई जे मसल्लाले दिनमा तीन घन्टा कम्प्युटरको प्रयोग गर्दा यो सिन्ड्रोमका अतिरिक्त ढाड दुख्ने, तनाब हुने र मनोवैज्ञानिक असर पर्ने यसअघिका चार अध्ययनको उदाहरण पेश गरेका छन् । धमिलो देख्नु, आँखा चिलाउनु, सुख्खा हुनु, आँखा रातो हुनु, डबल भिजन कम्पयुटरमा बस्दा आम मानिसमा देखिने साझा समस्या भएको विज्ञहरु बताउँछन् ।

विज्ञहरुका अनुसार अचेत रुपमा आँखाले बारम्बार आफ्नो फोकस कम्प्युटरको स्क्रीनबाहिर लगेर आराम गर्न खोज्छ । आँखाले गर्ने यस नियमित अचेत कार्यले आँखा दुख्ने र कमजोर बनाउछ ।

कम्प्युटर हेरिरहदाँ आँखाको झिमझिम गर्ने आवृत्तिमा ह्वात्तै ह्रास आउँछ । स्क्रीनमा कुनै कुरा पढ्दा वा टाइप गर्दा हाम्रो आँखा एकटकले हेर्ने गर्छ, यो गर्नु आँखाको स्वास्थ्यका लागि घातक हो । सामान्यतया आँखाले एक मिनेटमा १७ पटक झिमिक्क गर्छ । तर कम्प्युटरमा काम गर्दा एक मिनेटमा १२ भन्दा थोरैपटक आँखा झिमझिम गर्छ ।

कम्प्युटरका अगाडि बस्दा यो बाहेक अन्य समस्या पनि देखिन्छन् । कम्प्युटरको स्क्रीनबाट टाउकाको दूरी र पोजिसन पनि उत्तिकै खतरनाक तत्व हुन् । कम्प्युटर हेर्दा आँखालाई सजिलो बनाउन अनुहार बाट २० देखि २६ इन्चको दूरीमा हुनुपर्छ । यो दूरीभन्दा नजिक  भएमा मोनिटर हेर्न आँखालाई गाहो हुन्छ । यसबाहेक मोनिटरको माथिल्लो तहको उचाईबाट आँखाले हेर्नुपर्छ । युनिभर्सिटी अफ पेन्सेल्भेनियाको दृष्टि विभाग विशेषज्ञका अनुसार मोनिटरको केन्द्र आँखाभन्दा चारदेखि आठ इन्च तल हुनुपर्छ ताकि आँखाको सुख्खापन र दुखाई कम होस् । यो दूरीले घाँटीलाई पनि राम्रो पोजिसनमा राख्छ ।

इरानका बायोटेक्नोलोजी र हेल्थ साइन्सका ६ सय ४२ विद्यार्थीमा गरिएको एउटा अध्ययनमा ७१ प्रतिशत विद्यार्थी सजिलोका लागि भन्दै ७१ प्रतिशत कम्प्युटरको नजिकै बस्ने गरेको पाइएको थियो । त्यस्तै दुई तिहाई विद्यार्थी मोनिटरभन्दा तल बस्ने गरेको पाईएको थियो, जुन आँखाको स्वास्थ्यका लागि अति घातक हो । अनुचित प्रकाश र कम्युटरमा एक टकले हेर्ने बानी आँखाका लागि अर्को समस्या हो । स्क्रीन हल्का चम्किलो हुनुपर्छ । तर बढी चम्किलो प्रकाशले पनि आँखाको नानीलाई बढी फोकस गराउछ । कम्प्युटरमा बस्दा २०–२०–२० नियम पालना गर्नुपर्ने दृष्टि विज्ञहरु बताउछन् । अर्थात कम्प्युटरमा बस्दा हरेक २० सेकेन्ड ब्रेक लिने र २० फिट टाढाको चिज हेर्ने ।
न्युयोर्क टाइम्सबाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com