देवी चढ्यो भन्दै काम्ने र बक्ने रोग के हो ?

काठमाण्डौ जेठ १९,

 प्रा डा सिपी सेडाई, नशा तथा मनोरोग बिशेषज्ञ 

सीता २५ वर्षे युवती हुन् । उनको विवाह भएको एक वर्ष भयो  । श्रीमान् सउदी अरब गएको ६ महिना भयो । उनीसँग नन्द, देवर, सासू र ससुरा छन् । सोझी छिन् उनी । आफूलाई चित्त नबुझेका कति कुराको   जवाफ सासू, ससुरालाई फर्काउन सक्दिनन् । गत १ महिनादेखि  उनी एक्कासी काम्न थालिन् र बोल्न थालिन् । भन्न थालिन्, ‘हेर हेर म देवी हुँ  । केही बिगार गरे तँलाई मार्छु, तँलाई खान्छु तेरो सन्तानलाई नाश गर्छु ।’

सबै चकित परे । सारा मानिसहरु जम्मा भए । सबै छक्क परे । एक घण्टापछि उनी जस्ताको तस्तै भइन् । कति मानिसले उनलाई बोक्सी भने, कसैले उनलाई देवताको रुप भने, कसैले देवताको पूजा गरी बलि दिए निको हुन्छ भनियो । तर, उनको समस्या त्यसै निको भएकोले त्यो दिन केही गरिएन । तर भोलि पल्ट, पर्सिपल्ट गर्दा गर्दै हालसम्म पनि उनको समस्या दिन दिनै देखा पर्छ । उनलाई धामी, झाँक्री लगाइयो । तर निको भएन । अहिले उनी अस्पतालमा पुगेकी छिन् । उनको मनमा दविएको कुरा निकाल्ने र  सँगै औषधीको प्रयोग गर्नाले उनको रोग निको भएको छ ।

काम्ने र बक्ने रोग परम्परागत रोग  हो । येस्ता बिरामी काम्दा धामी झाँक्री लगाउने गरिन्थ्यो । कुनै  आर्को मानिसको आत्मा  बिरामीमा आउने र बिरामी बक्ने भन्ने  गलत बिचार अझै कायम नै छ । तर  त्यसस्तो किन हुन्छ त रु प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार हाम्रो मस्तिष्कमा मुख्यतया २ भाग छन् । एउटा कन्सियस (होसी) भाग र अर्को  अन्कन्सियस (वेहोसी) । हाम्रा पिडाहरु अनकन्सियस माइन्डमा बसेका हुन्छन् । यदि पिडादायी वस्तु बढेमा यो रोग देखिन्छ ।

तर, आजकल विभिन्न खालका मानिसक रोग जस्तै डिप्रेसन आदि जस्ता रोगका बिरामी पनि यस्तो लक्षण लिइ आउँछन् । जुन अचम्मको हुन्छ । पहिले–पहिले यो रोग महिलामा मात्र हुन्छ भन्ने धारणा थियो र पाठेघरको कुनै रोग होला भन्ने सोचेर यसलाई हिस्टेरिया भनिन्थ्यो, तर हाल यो रोग पुरुषमा पनि पाइने भएकोले यसलाई कन्र्भसन ‘डिसोसियटिभ डिसअर्डर’ भनिन्छ । बेहोसी मस्तिष्कमा रहेका तनावपूर्ण  घटनाहरु एकाएक शाररिक लक्षणमा परिवर्तन  हुन थाल्छन् ९जब यस्ताा घटना हरु धेरै हुन छन् । अनि बिरामीलाई अचानक काम्ने, बक्ने, ढल्ने आदि खालको लक्षणहरु देखिन  सक्छ । 

यी बाहेक हातखुट्टा नचल्ने, श्वास छिटो छिटो फेर्ने, सामान्य प्रश्नको अर्कै उत्तर दिने, कुराहरु बिर्सनु, हात वा खुट्टा बारम्बार हल्लिरहनु वा छोएको थाहा नहुने आदि लक्ष्यण लिएर बिरामीहरु अस्पताल आउने गर्छन् । खास गरि कन्भर्सन डिस्सोसाइटिभ डिअर्डर का बिरामी यस्तो लक्षण लिएर अस्पताल आउँछन्  तर डिप्रेसन तथा  मेनिया रोग मा पनि यस्तो लक्षण देखिन्छ । यस्ता पिडादायी घटना  बेहोशी मस्तिष्कबाट बहिरिए  बिरामीमा तनाव  हुँदैन किनभने यो शाररिक लक्ष्यणको रुपमा परिवर्तन भएको हुन्छ। यसरी मस्तिष्कको तनाव शाररिक लक्षणमा कन्भर्ट हुने हुनाले यसलाई कन्भर्सन डिसअर्डर  वा डिससोसिएटिभ डिसअर्डर  भनिएको  हो ।

बिरामीमा कस्ता लक्षण देखिन्छन् ?
हात वा खुट्टा प्यारालाइसिस हुने ।
छोएको थाहा नहुने ।
छारे रोग जस्तै ढल्ने, काम्ने ।

एउटा मानिस अर्को भएर बोल्ने वा बक्ने जस्तै म फलानो हुँ यसलाई म मार्छु यसलाई म खान्छु आदि ।
कुनै घटना पूर्ण रुपमा बिर्सिनु । बिरामीले कुनै पिडादाई घटना वा अन्य घटना जुन हालसालको नै छ पूरै बिर्सिन्छ ।
कहिलेकाहिँ बिरामी अचानक एक ठाउँबाट अर्को ठाउँमा बेहोसी रुपमा नै पुग्छ र ऊ त्यहाँ अर्कै मानिस भएर बसेको हुन्छ र पहिलेको कुरा सबै बिर्सिन्छ । यसलाई डिससोसिएटिभ फग भनिन्छ ।
एउटै मानिस दुई खालको व्यक्तिको सिकायत गर्छ ।

बिरामीलाई अति साधरण कुरा सोध्दा पनि उल्टो उत्तर दिन्छ जस्तै २ र २ जोड्दा कति हुन्छ भन्दा ५ भन्छ, आकाशको रंग कस्तो हुन्छ भन्दा हरियो भन्छ आदि । तर उसको उत्तर दिने तरिका चलाख देखिन्छ ।

 कुन उमेरमा यो रोग बढी हुन्छ ?
यो रोग मुख्यतयः ३५–४० वर्ष भन्दा अगाडी नै देखा पर्छ, यो रोग १५–२० वर्षका केटीहरुमा बढी पाइन्छ ।

किन कन्र्भसन–डिसोसिस्टिभ डिसअर्डर भनिन्छ ?
मानिसको बेहोशी मस्तिष्कमा रहेको तनाव (शारीरिक रोगको लक्षण)मा परिणत हुने हुनाले कन्भर्सन डिसअर्डर भनिन्छ । त्यस्तै स्ट्रस डिसोसिएसन हुने हुनाले यसलाई डिससोसिएटिभ भनिन्छ किनभने यो रोग लागेको बिरामी रोग देखि कुनै चिन्त गर्दैनन् र खुशी नै देखिन्छन् ।

 कस्तो अवस्थामा यो रोग बढ्छ ?
जब मानिसहरु यो रोग बारे बढी ध्यान दिन्छन् तब यो रोग बढ्छ कतिपय बिरामीहरु छारे रोगका लक्षण देखाई आउँछन् जुन मानिसको उपस्थितिमा मात्र हुन्छ । छारे रोग र कन्र्भसन डिसेसिएटिभलाई छुट्टाउने तरिका यस प्रकार छन्

कन्भर्सन डिस्अर्डर वारे जान्नै पर्ने कुराहरु
यस्ता विरामीलाई कहिलेकाहि अचानक श्वास फेर्न गाह्रो हुने, कहिले पुरै निको हुने र कहिले अत्याधिक बढ्ने हुन्छ ।
–    विरामी संग धेरै मानिसको भिड हुन्ु हुदैन । जसबाट रोग बढ्न पाउदैन।
–    कती विरामी हरुमा यो समस्या वारम्वार दोहोरीन सक्छ । तर अन्तिम हुदैन , २, ३ हप्तामा या समस्या विस्तार विस्तार निको हुन्छ ।

–    विरामीको लक्षणलाई वास्ता गर्नु हुदैन, वास्था गरे यो रोग झन बढ्न सक्छ ।
–    मनभित्र पिडादायी बस्तु वस्दा यस्तो हुन्छ । जुन विरामीलाई थाहानै हुदैन ।
–    कतिपय विरामीलाई बोक्सीको आरोपमा कुटिन्छ, जुन सत प्रतीषत गलत हो

कसरी मानसिक रुपमा स्वस्थ बन्ने ?
अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने ।
हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने ।
दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्धा गर्ने ।

समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।
अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
मनलाई सधैं शान्त राख्ने ।

डा सेडाई चितवन मेडिकल कलेजमा कार्यरत छन् __ (स्वास्थ्य खबर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com