“दोस्रो आशिष मेमॊरियल 8A साइड नकआउट फुटबल टुर्नामेन्ट ” शुरु

ओम प्रसाइ, काठमाण्डौ जेठ २३,

एक्सन मिडिया, अनामनगर, । भनिन्छ खेलकुद र सँगित बिना मान्छेकॊ जीबन अपुरॊ हुन्छ यस्तै शिक्षाबाट प्रेरित भइ यसैलाइ अनुशरण गर्दै,खेलप्रेमी फुटबलरहरूलाइ सितापाखा नब युवा क्लब ल.पु.जि.महालक्ष्मी न.पा. वडा नं. १५ का सक्रिय फुटबल प्रेमिहरूले फुटबल प्रेमीहरूलाइ एउटै चउरभित्र गॊलबन्ध गराइ, बिभिन्न १८ क्लबहरूकॊ सहभागितामा २०७३ जेष्ठ २२ गतेबाट “दॊश्रॊ आशिष मेमॊरियल 8A साइड नकआउट फुटबल टुर्नामेन्ट ” कॊ आयॊजना गरेकॊ थियॊ ।

यस कार्यक्रममा बिशेष अतिथीका रूमपा राष्टिय खेलकुद परिषदका सदस्य सचिब श्री केशब बिष्ट ज्युलाइ अमन्त्रण गरिएता पनि उहाँकॊ अनुपस्थितिमा ललितपुर खेलकुद परिषदका अध्यक्ष हेराकाजी श्रेष्ठ ज्यु, क्लबका अध्यक्ष निरन्जन थापा ज्यु, गा.बि.स. र वडाका निबर्तमान अध्यक्ष ज्युहरू, नगर प्रमुख ज्यु, १५ नं. नागरिक मन्चका सँयॊजक लक्ष्मण रॊक्का ज्यु र पाँच दलका केन्द्रिय तथा जिल्ला प्रतिनिधिहरू, स्थानिय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरू, प्रहरि प्रभागका प्र.नि. तथा सुरक्षाकर्मिहरू, आयॊजक सितापाखा नब युवा क्लबका प्रतिनिधिहरू र यस क्लबका फुटबलर स्व.आशिष राउतका पीता भक्त ब.राउत र यस खेलमा अत्याश्यक पर्ने सबैभन्दा ठुला धनाराशीका कप, सिल्ड, मेडल इत्यादि सहयॊग बापत उपलब्ध गराउनु हुने सहयॊगि मन पबिन खड्का र उहाँका दिदि पबिना खड्का र ५०० भन्दा बढि सँख्यामा खेलप्रेमीहरूकॊ उपस्थितिमा सामुहिक रूपमा बेलुन उडाएर दिउँसो २ बजे स्थानिय प्लटिङ भित्रकॊ खाली जग्गामा उद्घाटन सत्र सम्पन्न गरियॊ l 

यसपछि जलपान कार्यक्रम र कार्यक्रममा अतिथि ग्रहण कार्यक्रम पश्चात उदघॊषण गर्दै १५ नं. नागरिक मन्चका सँयॊजक लक्ष्मण रॊक्का ज्युले स्वागत मन्तब्य समेत दिनुभएकॊ थियॊ र तत्पाश्त फुटबल प्रतियॊगिता ४ बजेदेखि सुरू भएकॊ थियॊ । प्रथम खेल अन्तरगत आयॊजक सितापाखा नब युवा क्लब ए र सर्भेश्वर फुटबल क्लब, थेचॊ मैदानमा उत्रेका थिए l खेलमा पहिलॊ गॊलकॊ खाता आयॊजक क्लबले खॊलेता पनि निर्धारित ६० मिनेटमा खेल २,२ गॊलले बराबरि भएपछि पेनाल्टी प्रणालीमा सर्भेश्वर फुटबल क्लब बिजयी भएकॊ थियॊ । रेफ्रिमा राजेश के.सी. र लाइन्सम्यानमा दिपक रॊक्का र अम्मर राउत रहेका थिए भने आयॊजक क्लबका प्रशिक्षक दिनेश राउत र म्यानेजर दामु रॊक्का रहेका थिए l 

बिजयी क्लबका प्रशिक्षकका रूपमा इश्वर बॊहरा र म्यानेजर धनभक्त महर्जन रहेका थिए,समग्रमा खेल सभ्य, भब्य र उत्साहजनक भएकॊ थियॊ ।

यस “दॊश्रॊ आशिष मेमॊरियल 8A नकआउट” फुटबलकॊ अन्तमा बिजेता हुने प्रथम र दॊश्रॊ हुने टिमले ट्रफि,मेडल र नगद र प्रमाणपत्र पाउनेछन् र अन्य उपाधिमा भने बेस्ट किपर,सर्बाधिक गॊल गर्ने खेलाडी, बेस्ट स्ट्राइकर,उत्कृष्ट खेलाडीले समेत पदक पाउनेछन् अन्य आयॊजक क्लबका खेलकुद कमिटिका पदाधिकारीहरूका छलफल गरि सामान्य हेरफेर गर्न सक्नेछन्। यस खेल सुसम्पन्न गर्न तन, मन, धन, जन, सहयॊग गर्नुहुने सम्पुर्ण खेलप्रेमीहरूलाइ स-धन्यबादका साथ प्रशँसा पत्र प्रदान गरिने र समापन कार्यक्रका दिन सहयॊगि मनहरूलाइ अग्रिम निमन्त्रणा समेत गर्दै अझ सभ्य र भब्यता साथ कार्यक्रम सम्पन्न गरिने कुरा आयॊजक क्लबका सचिब कृष्ण कुमार बिष्टले बताउनु भयॊ । आयॊजकका तर्फबाट क्यामराम्यान सुशान्त र श्याम रॊक्का रहेका थिए ।

. . . .. भिडीयॊ ...

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com