' गजल ' By, कल्पना पौडेल ' जिज्ञासु '



' गजल ' By, कल्पना पौडेल ' जिज्ञासु '

शोषित पीडित गरिवका दर्द सुन्ने सरकार चाहियो
 भत्केका गाउँबस्तीहरु कै सामुन्ने सरकार चाहियो|

 धेरै खपिन आँधीहुरी देशमा तुफान उठ्दा खेरी
 नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो|

 हत्याहिंसा अस्थिरताले खुसी लुट्यो मुहार बाट
 निरसा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो|

 जरा गाडेकै छ समाजमा जातधर्म छुवाछुतले
 बन्धन सारा तोडी नयाँ सोच गुन्ने सरकार चाहियो|


 हिमाली पहाडी मधेसी एकै दाजुभाइ हौं सबै हामी 
सयौंफूल जोडी एकताको माला उन्ने सरकार चाहियो||

कल्पना पौडेल ' जिज्ञासु '
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com