आमाछोरीमाथि कुटपिट र यौनदुव्र्यबहारको आरोपमा चार जना पक्राउ

 खोटाङ बैशाख २८,

खोटाङमा होटलमा काम गर्ने महिला कामदार र उनकी छोरीमाथि भएको कुटपिट र यौनदुव्र्यबहार आरोपमा सञ्चालकसहित चार जना पक्राउ परेका छन्।

दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दैआएकी दोर्पाचिउरी डाँडाकी महिला कामदार र उनकी तीन वर्षीया बच्चामाथि कुटपिट तथा यौन दुव्र्यबहार गरेको आरोपमा सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दिनारायण रिजालका छोरा कबिराज रिजाल, श्रीमती कोपिलादेवी रिजाल र कामदार तिलक कार्कीलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो। हरिप्रसाद, कबिराज र तिलक बिरुद्ध मुद्दा चलाइसकिएको डिएसपी विद्यानन्द माझीले बताए । कोपिलादेवीलाई भने सोधपुछकालागि नियन्त्रणमा लिइएको डिएसपी माझीले जनाए ।

कामदार आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई मिलापत्रमा टुंग्याउने प्रयास भएपछि राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले दोषीउपर कारबाही प्रकृया अघि बढाएको हो । घटना सार्वजनिक भएको हप्ता पछि बिहीबार मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको भन्दै आयोगको निर्देशनमा आयोगको टोली र प्रहरीले संयुक्तरुपमा तामाङ आमाछोरीलाई दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक रहेको डेराबाट आइतबार उद्दार गरेको थियो। 

मिलापत्र गराएर राजधानी पठाउन लागेको जानकारी पाएपछि प्रहरीलाई उद्दार गर्न निर्देशन दिइएको आयोगले जनाएको छ। पीडितलाई अहिले जिल्ला प्रहरीको संरक्षणमा राखिएको छ। कुटपिट र यौन दुव्र्यबहारको घटनामा मिलापत्र गरेको तीनदिनपछि आयोगको निर्देशनमा आयोगकै टोली र प्रहरीले पीडितलाई उद्दार गरेर जिल्ला प्रहरी कार्यालयको संरक्षणमा लगिएको हो ।_स्रोत-नागरिक; 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com