उत्तम बिक,
दुबई बैशाख २९,
नेपालीहरुको पहिलो सामाजिक साझा संस्था नेपाली समाज युएई ले विभिन्न समयमा आफ्ना क्रियाकलाप गर्दै आउने क्रममा यसपटक अत्यन्तै संबेदनसिल स्वास्थ्य क्षेत्रमा अल रशिदिया पोली किल्निक र नेपाली समाज यु ए ई बीच स्वास्थ्य सम्बन्धि सम्जौता पत्रमा हस्ताक्षर भएको समाजका महा-सचिब मणि भुर्तेलले जानकारी दिनु भएको छl
युएईमा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै नेपालीहरुको स्वास्थ्य उपचारमा सर्वसुलभ तरिकाले सेवा दिने उद्धेश्यका साथ सम्झौता भएको छ। बिगतका दिनहरुमा पनि युएईको विभिन्न ठाउमा स्वास्थ्य शिबिर आयोजना गर्दै आएको नेपाली समाजले यो सम्झौता गरे संगै नेपालीहरुले उक्त पोलिक्लिनिकमा सुलभ तरिकाले उपचार गराउन पाउने भएका छन।
रसिदिया पोलिक्लिनिकका सीइओ मनु मह्दी र नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा द्धारा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उपाध्यक्ष दिपा पाण्डे, महासचिब मणि प्रसाद भुर्तेल, केन्द्रीय सदस्यहरु नारायण आचार्य, शर्मिला थपलिया उपस्थित रहेका थिए । यस सम्झौताले उक्त किल्लिनिकमा शुलभ तरिकाले उपचार पाउने समाजका महासचिब मणि प्रसाद भुर्तेलले बताए ।
सहमति निम्न उलेखित बिसयहरु छन -
१) नेपाली समाज को सयोजक मा फ्री मेडिकल क्याम्प गर्ने ।
२) कुनै पनि नेपाली उक्त किलिनिक मा उपचार को लागि जादा २०% छुट हुने।
३) नेपाली ले किलिनिक बाट औषधि लिनु पर्दा ५% छुट हुने।
४) विभिन्न समय मा नेपाली हरु का लागि स्वस्थ सम्बन्धि शिक्षा को लागि जनचेतना कार्यक्रम गर्ने।
५) नेपाली का लागि किलिनिक ले कार्ड को व्यवस्था गर्ने।
६) बिबिध ।
भुर्तेलका अनुसार फ्री मेडिकल क्याम बाहेक किल्लिनिकमा गएर स्वास्थ्य परिक्षण गराउदा नेपाली समाज यु ए इ को साधारण सदस्य वा आजिबन सदस्यको रसिद उपलब्ध भएको खण्डमा सरल र सुलभ हुने जनाउनु भयो साथै उक्त रसिद समाजले तुरुन्त उपलब्ध गराउने छ। युएई मा कार्यरत नेपालीहरुलाई नेपाली समाजमा आबद्ध भई सर्वसुलभ सेवा लिई स्वास्थ्य रहन सबैलाई बिनम्र अनुरोध गरिएको छ ।