चितवनका शिशिर सिंखडा प्रेस चौतारीको केन्द्रीय सदस्यमा उठदै

चितवन ०४ जेठ ,

चितवनका क्रियाशिल युवा पत्रकार शिशिर सिंखडाले प्रेस चौतारी नेपालको यही जेठ ६ देखि ८ गते सम्म काठमाडौंमा हुने आठौं केन्द्रीय महाधिवेशनमा ३ नम्वर प्रदेशबाट केन्द्रीय सदस्यमा दिने भएका छन । 

चितवनमा विगत १७ बर्ष देखि निरन्तर क्रियाशिल पत्रकार सिंखडा रेडियो नेपालका चितवन संवाददाता,पारदर्शी दैनिक र आभाष टेलिभिजनका समाचारदाता समेत रहेका छन । प्रेस चौतारी चितवनको निर्वतमान उपाध्यक्ष सिंखडाले आठौं महाधिवेशन सम्म आईपुग्दा केन्द्रीय स्तरमा चितवनको प्रतिनिधित्व अहिले सम्म नभएको भन्दै चितवन केन्द्रीय स्तर सम्म पुग्न आठौं महाधिवेल सहयोगी सावित हुने बताए । 

देशकै मध्ये भागमा रहेको चितवनका पत्रकारहरुले प्रेस चौतारीको केन्द्रीय भेला,पत्रकार महासंघको साधारण सभा,सुचना विभाग द्धारा आयोजित विभिन्न कार्यक्रम समेत भव्य रुपमा सम्पन्न गराई सकेका छन । पत्रकार सिंखडालाई प्रदेश नं.३ को तर्फबाट केन्द्रीय सदस्यमा विजयी गराउन हामीलाई देश भरका पत्रकारहरुको साथ र सहयोग चाहिएको पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले बताए । 

चौतारीको केन्द्रीय अध्यक्षमा गणेश बस्नेत र माधव नेपाल,महासतिवमा गणेश पाण्डे र राजेश दाईमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com