२७ करोडभन्दी बढी इमेलको पासवर्ड ह्याक


एजेन्सी बैशाख ३०,

अहिलेसम्मकै सबैभन्दा धेरै करीब २७ करोडभन्दी बढी इमेलको पासवर्ड ह्याक भएको छ। जीमेल, हट्मेल र याहुसिहतका इमेल प्रदायक ठूलो मात्रामा इमेलको पासवर्ड ह्याक भएको हो।

होल्ड सेक्युरीटी नामक एक कम्पनीले ब्लगमा आफ्नो रिपोर्ट सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो।


कम्पनीलाई यी सबै डाटा एक विश्वचर्चित ह्याकरबाट प्रदान गरिएको बीबीसीले जनाएको छ। जसमा विश्वभरका जीमेल, हटमेल र याहू चलाउने कयौँ व्यक्ति/उपभोक्ताका पासवर्ड परेका छन्।

तर यति धेरैमात्रामा पासवर्ड कहाँबाट ह्याक गरिएको भन्ने स्पष्ट भइसकेको छैन। होल्ड सेक्युरिटी ब्लगका अनुसार उसलाई प्राप्त डाटा करिब १० गीगाबाइट रहेको छ ।

यी ईमेल फरक-फरक समयमा ह्याक भएको जनाइएको छ। सबै ईमेल एकैठाउँमा राख्दा करिब ९० करोडवटा हुन आउँछ। यीमध्ये धैरैको पासवर्ड ह्याक भएको बताइएको छ।

यो तथ्याङ सही हो भने विश्वमा अहिलेसम्मकै सबैभन्दा धेरै इमेलको पासवर्ड ह्याक भएको ठानिएको छ। यसअघि करिब १५ करोड मानिसको इमेल ह्याक भएको थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com