बलात्कार गर्ने व्यक्ति ऋषिमुनि !

प्रा.डा. बद्रीविशाल पोेख्रेलज्यू, 
नमस्कार । 
आराम छु, आरामको कामना गर्दछु । हजुरको लेख पटक–पटक पढेपछि धन्यवाद नदिइरहन सकिनँ । हजुरको लेख रातोपाटी अनलाइन तथा न्यु सृष्टि दैनिक विराटनगरबाट छापिएको जानकारी पाउँदा ज्यादै हर्ष लागेको छ । साथै यहाँले प्रगतिशील लेखक संघको भेलामा धरातलको विषयमा आफ्नो टीका–टिप्पणी लेखी पर्चा–पम्प्लेटका रूपमा प्रत्येक प्रगतिशील लेखक कमरेडलाई वितरण गरेको जानकारी पाउँदा झनै खुसी लागेको छ । 

धरातलको विषयमा हरेक पाठकका आ–आफ्नै धारणा तथा प्रतिक्रिया हुन्छन् । कुनै सकारात्मक कुनै नकारात्मक यो हुनु पनि स्वाभाविकै हो । साराका सारा व्यक्ति सकारात्मक भए भने पुस्तक बिक्री वितरण खासै नहोला कि भन्ने चिन्ता लागिरहेको थियो । 

जुन पुस्तक सम्पूर्ण आमाबुवा, दिदीबहिनी र दाजुभाइमाझ पुग्न के गर्ने होला भनी सोच्दै गर्दा हजुरको लेखले निकै साथ सहयोग गरेको छ । त्यसैले पटक–पटक धन्यवाद लेख्न बाध्य रहें । हजुरजस्तो ज्ञानी पढे–लेखेकाले गर्ने भनेको नै त्यही हो । हजुरजस्ता व्यक्ति विपक्षमा उभिएर पुस्तक अझ बढी विक्री वितरणमा सहयोग गर्नुभएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । तर सर, केही कुरा हजुरबाट पनि गलत लेखिएका छन्, जुन विषयलाई अलि सुधार गर्नका लागि सहज होस् भनी यहाँले लेखेको मोदनाथ प्रश्रित प्रायोजित प्रोपगण्डा शीर्षाकृत लेखको विषयमा केही आवश्यक भएको जानकारी गराउने अनुमति चाहन्छु । साथै जो व्यक्तिलाई यहाँले महान् लेख्नुभएको छ, मैले के बुझें भने कलिलो उमेरमा बलात्कार गर्ने चरित्र भ्रष्ट र नैतिक पतन भएको व्यक्ति हजुरको नजरमा महान् हुँदोरहेछ । 

मोदनाथको यौन कोठीमा सात महिनासम्म बन्धक बनाई पटक–पटक शारीरिक र मानसिक यातना दिँदै बलात्कार गर्ने व्यक्तिलाई यहाँले ऋषिमुनिको संज्ञा दिनुभएको रहेछ । उक्त समयमा बन्धक बनाउने बेला बेहोसीमा मलाई क–कसले बलात्कार गरे त्यो यकिन छैन । यहाँजस्तो व्यक्ति त्यस्तो घृणित कार्यमा पक्कै संलग्न हुनुहुन्थ्यो होला । तर सर, मोदनाथप्रति हजुरको अन्धभक्ति देख्दा कहीं हो कि हो कि भन्ने कुरा भने मलाई पक्कै भएको छ । मोदनाथको यौन कोठीमा सात महिनासम्म बन्धक बनाई पटक–पटक शारीरिक र मानसिक यातना दिँदै बलात्कार गर्ने व्यक्तिलाई यहाँले ऋषिमुनिको संज्ञा दिनुभएको रहेछ । उक्त समयमा बन्धक बनाउने बेला बेहोसीमा मलाई क–कसले बलात्कार गरे त्यो यकिन छैन । यहाँजस्तो व्यक्ति त्यस्तो घृणित कार्यमा पक्कै संलग्न हुनुहुन्थ्यो होला । तर सर, मोदनाथप्रति हजुरको अन्धभक्ति देख्दा कहीं हो कि हो कि भन्ने कुरा भने मलाई पक्कै भएको छ । 

होश गर्नुहोला कहीं अरूलाई बचाउँदा आफैं खाल्डोमा पर्न पनि सकिन्छ । म यो तुच्छ साधारण बलात्कारको सिकार भएको नारीको सोचमात्र हो । यहाँलाई बलात्कारी र बलात्कारीका मतियारले तिथिमिति अलि गलत टिपाएछन् जस्तो लाग्यो । हजुरको लेखमा उल्लेख भएको… (शारदा भुसालले झा नामकी महिला प्रश्रितले आफ्ना बाबु गुणनिधि भुसाल र एमाले नेतृ शान्ता मानवीसमेतको स्पष्ट र खुला सहमति र समर्थनमा सक्रिय सरसहयोगमा आफूलाई २०४८ देखि पटक–पटक कोठामा थुनेर प्रश्रितले दानवीय दर्दनाक यौन दुव्र्यवहार गरेको विषय ।) आदरणीय सर, यो हजुरको पंक्ति देखी दया लागेर आयो । यहाँले पुस्तक पढ्नुभएको नै रहेनछ भन्ने कुरामा स्पष्ट छु । पुस्तक किनेर पढ्न सक्ने अवस्था नभएको भए कृपया जानकारी गराउनुभए म आफूले आफ्ना लागि राखेको एकप्रति यहाँलाई जसरी भए पनि उपलब्ध गराउने थिएँ । मलाई त हजुरलाई बिचरा भन्न मन लागेको छ । 

अरूको लहैलहैमा कागले कान लग्यो भन्दैमा आफ्नो कान नसमाती कागको पछाडि दौडिनु सायद बुद्धिमानी नहोला भन्ठान्छु । पुस्तकमा लेखेको र हजुरले समीक्षा गरेकोमा आकाश जमिनको फरक छ । हजुरलाई समेत अन्धकारमा राखी आफ्नो फाइदा उठाउन प्रश्रितले प्रयोग गरेको प्रस्टै देखिन्छ । मेरो यो पत्र पछि हजुरले यस्ता विषयको पछि नलागी सत्य र साँचो लेख्नुहुनेछ । जुन मेरो पीडा समय, साल धरातलमा लेखिएको छ । रह्यो– कृष्ण अविरलको कुरा । उनी यस धरातल नामक पुस्तकको प्रकाशक हुन् । एउटा करारनामा प्राप्त प्रकाशकले प्रकाशन गरेको कृतिबारे प्रचार–प्रसार गर्न पाउँछ । यो उनको हक हो । यसमा यहाँलाई आपत्ति किन भए होला जान्न सक्छु ? पुस्तकको लेखक म हुँ । अहिले पनि जीवितै छु । गलत कार्यविरुद्ध विगत २१ वर्षदेखि अनेकन हिंसा तथा भ्रष्टाचारविरोधी अभियानमा छु । तीनपटक आमरण अनशन बसें । नेपालमा न्याय मर्यो भनेर २०७० मा काजकिरिया गर्ने नारी पनि मै हुँ । 

२०१५ मा अनेस्टी ओस्कार अवार्ड अमेरिकाबाट पाएँ भने हाल शारदा फाउन्डेसन नेपालको संरक्षक तथा फाइभ पोइन्ट युुुथ फाउन्डेसन डट ओरजी अन्तर्राष्ट्रिय सल्लाहकार बोर्ड सद्भावना दूतको मानार्थ सदस्य नियुक्ति छु र पृथ्वी बचाऊँ भन्ने अभियानमा विश्वका आठ हजार संस्थासँग मिलेर काम गर्दै छु । सर, यथार्थ भएको घटना कसैको प्रोपगण्डा होइन । पुस्तक पढेर हजुरजस्तो शिक्षित ज्ञानी व्यक्तिले अवश्य बुझ्नुहुनेछ । विश्वास नलागे पात्रहरू उपस्थित गराई छानबिन गराउन सक्नुहुनेछ । त्यसका लागि पहल गरी मलाई न्याय दिलाइदिन यहाँसमक्ष हार्दिक अनुरोध गर्छु । अहिले नेपालमा गलत गर्नेले प्रशस्त मान–सम्मान पाउने र पीडित कुनामा झोक्राएर बस्नुपर्ने अवस्था भएको यहाँलाई पनि अवगत नै होला भन्ने लाग्छ । 

सत्य बोल्नु, लेख्नु पागल हो ? आफ्नै घरका चेलीबेटीलाई बलात्कार गरेका घटना बारम्बार सार्वजनिक भइरहेका छन् । सायद यो सबै पीडितको पागलपनले नै होला हजुरको विचार पढ्दा यस्तै लाग्यो । यदि हजुरको चेली÷छोरीमाथि मलाईजस्तै बलात्कार भएको भए त्यसबेला हजुरले पनि मेरो छोरीलाई बलात्कार गर्ने व्यक्ति महान् तथा ऋषिमुनि हो भन्न सक्नुहुन्थ्यो ? आफ्नालाई पर्दा त गालीजस्तै लाग्छ । सर, तर बलात्कारीलाई बचाउन र मलाई गलत, पागल ठहर्याउन हजुर लागिपर्नुभएको छ । सर, मोदनाथको कुरा यहाँलाई विश्वास लाग्ने तर पीडितको पीडा महसुस हुन नसक्ने विद्वान्सँग मेरो यो भेट चिठीमार्फत पहिलो नै हो । म हजुरलाई यो पत्र लेखिरहँदा पूर्वाञ्चल भ्रमणमा छु । समय निकाल्नु धौ–धौ भए पनि रातिको समयमा यो चिठी कोर्न बाध्य भएँ । लेख लेख्दैमा ठूलो मानिस भइने होइन । तर, हजुरको लेख निकै दयनीय छ । अबका दिनमा अलि सशक्त ढंगबाट कलम चाल्नुहोला । म पनि हजुरको छोरी हैसियतको भए पनि यो छोरी भन्ने शब्द र छोरी शब्द मप्रति व्यक्त गर्ने व्यक्ति हरेक बलात्कारीका प्रतिरूप हुन् जस्तो लाग्छ । अझ पनि सशंकित हुन पुग्छु । 

२०७२ सालसँगै यो चिठीले पुरानो वर्षलाई बिदा दिँदै नयाँ वर्षमा प्रवेश गर्दै छु । प्रगतिशील लेखक संघको राष्ट्रिय भेलामा भाग लिन गएका लेखक प्रायःले उक्त धरातल कृति किनेर लगेको जानकारी पाएकी छु । गाडीमा यात्रा गर्दा धरातलको लेखक तपार्इं होइन ? यसरी प्रश्न गरेका छन् । १३ वर्षको उमेरदेखि कसैको साथ सहयोग नहुँदा ओकल्न नपाएका बितेका ती घटना धरातलमार्फत बाहिर आए तर जसरी देशका कुनाकाप्चामा पुग्नुपर्ने थियो, त्यो नभएको भान हुन्थ्यो । तर, बलात्कारीले अश्लील पुस्तक जफत गरियोस् भनी आफैंले गरेको कर्तुत अझ पाठकमाझ पुर्याएको छ । त्यसपछि पुस्तक पढ्नेले मलाई प्रेरणाको स्रोत तथा बलात्कारी प्रश्रितलाई थुथु गर्नेको कमी भएको छैन । बरु उल्टै ह्वात्तै पुस्तक खरिद गर्नेको संख्या बढेर यत्रतत्र सर्वत्र हुनेक्रममा हजुरजस्तो प्रा.डा.ले लेख लेख्ने तथा प्रचारबाजी गरिरहँदा यस पुस्तकले अझ ठाउँ पाएको अनुभव गरेकी छु । पीडा नभएको मानिस संसारमा कोही छैन । तर, सबैका आ–आफ्नै पीडा हुन्छन् । सबैलाई आफ्नै पीडा ठूला लाग्छन् । हजुरभित्र पनि पीडा होलान् । 

ती पिडा पोख्दा पागलपन र नपोख्दा÷लुकाउँदा सत्यवान् भइने होइन । सबै चुप लाग्दैनन् र सबैले पोख्दैनन् पनि । मैले पुस्तकमार्फत आफ्ना पीडा पोखें । पुस्तक पढेर निकै प्रतिक्रिया आएका छन् । धेरैले अदम्य साहसको संज्ञा दिनुभएको छ । तर सर, ममात्र पीडित होइन । मजस्ता हजारौं, लाखौं, करोडौं शारदा अथाह पीडामा गुम्सिन बाध्य छन् । कति त आत्महत्या नै गर्छन् । यो संसारमा पीडित नारीमात्र होइन, पुरुष पनि नारीबाट चरम यातनाको सिकार बनेका छन् । के यी पुरुष र बाँकी नारीलाई पनि यहाँले पागलको संज्ञा दिनुहुन्छ ? म जान्न उत्सुक छु । धरातलको अध्ययनपछि थुप्रै नरनारीले सम्पर्क गर्नुभयो र आफू पनि पीडित भएको जानकारी गराउनुभएको छ । कैयौंले मलाई पनि आफ्ना पीडा भोगाई यथार्थ सत्य घटना उजागर गर्न मन लाग्यो । यो प्रेरणाको सुरुवात गरिदिनुभएकोमा धन्यवाद छ । 

सर, बलात्कारी चुप भयो, मेरा लागि न्याय मरेको भए पनि ऊ त मानहानि वा गाली बेइज्जतिको संज्ञा दिएर न्यायालय जान सक्थ्यो । अझै गएको छैन । ऊ मौन छ । तर, हजुरलाई टाउको दुख्नुको कारण के होला ? फेरि बलात्कारीको पत्रकार सम्मेलनको खण्डन मैले गरिसकेकी छु, जुन युटुबमा हेर्न सकिन्छ । अब छानबिन मैले गर्ने होइन । यो हजुरमै छाड्छु । कृपया अर्को कुनै लेख लेख्दै हो भने जानकारी गराउनुहोला । यति लेख्दै नयाँ वर्ष २०७३ यहाँको सुखद रहोस् भन्ने कामनासाथ अहिले बिदा लिन्छु । 
(लेखिका, भ्रष्टाचारविरोधी अभियानकर्ता हुन् ।) _स्रोत-रातोपाटी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com