काठमाडौँ बैशाख २०,
संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकको सो सिफारिस संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा सङ्घीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिए ।
परिषद्को यसअघिको बैठकमा कार्कीको सिफारिस भए पनि सभामुख ओनसरी घर्तीको अनुपस्थितिका कारण वैधानिकता प्राप्त गरेको थिएन । आजको निर्णय सँगै प्रधानन्यायाधीश नियुक्तिमा सभामुखले गर्दै आएको अवरोध सकिएको छ ।
दुईपटक सिफारिसको निर्णय गर्नुपरेको हो भन्ने प्रश्नमा मन्त्री खरेलले भने, ‘परिषद्को आजको निर्णय नै अन्तिम निर्णय हो ।’
यसअघि चैत २८ गते संवैधानिक परिषद्को बैठक बसेको थियो । रासस