विवाह मुद्दा लड्न होइन एकसाथ जीवन बिताउन हो !

नयाँदिल्ली जेठ ६,

भारतको सर्वोच्च अदालतले विवाह मुद्दा लड्न नभई एकसाथ जीवन बिताउन गरिएको कार्य भएको निर्णय सुनाएको छ । श्रीमान् र श्रीमतीबीच निकै मुद्दा बढेपछि बुधबार भारतीय सर्वोच्च अदालतले यस्तो निर्णय सुनाएको हो ।

विशेष इजलासले श्रीमान् र श्रीमतीबीच झगडा भएका हजारौं विवाद देखिएपछि यस्तो फैसला गर्नुपरेको सर्वोच्च अदालतको जिकिर छ । श्रीमान् र श्रीमतीबीच हुने यस्ता मुद्दामा विशेष इजलास नबस्ने पनि जानकारी दिएको छ । सर्वोच्चका अनुसार विवाह भनेको दुई पक्षबीच साथसाथै जीवन बिताउन गरिने पवित्र बन्धन हो । यसरी मुद्दा लड्न विवाह नगरिएको अदालतको भनाइ छ । भारतमा पति-पत्नीबीच विवाद र सम्बन्ध विच्छेदका अत्यधिक मुद्दा बढ्न थालेका छन् । अदालतमा यस्ता मुद्दाको संख्या निकै बढेको छ । चलचित्रमा देखाइने दृश्यबाट यस्ता घटना बढेको अनुमान गरिएको छ ।

बुधबार एक कानुनव्यवसायीले पतिका तर्फबाट अदालतमा मुद्दाको बहस गरेका थिए । उनले वादीकी पत्नीले अदालतसामु तीन सातामा आत्मसमर्पण गर्नुपर्ने माग गरेका थिए । यसका लागि विशेष बेच्न गठन हुनुपर्ने वादीका वकिलले जिकिर गरेका थिए । उनको मागको बेवास्ता गर्दै अदालतले पत्नीलाई आत्मसमर्पण गराएर दुःख नदिन भनेको थियो र यस विषयमा विशेष इजलास बस्न नसक्ने जवाफ दिएको थियो । सर्वोच्च अदालतले पति र पत्नीबीचको मुद्दामा कुनै आत्तिनुपर्ने अवस्था नभएको र यस्ता मुद्दामा विशेष बेन्च गठन गर्न नहुने उत्तर दिएको थियो ।

वकिलकहाँ गएर मुद्दाको वातावरण बनाउन, विवाद गर्न, अदालत आउन र विशेष बेच्नको माग गर्नुको साटो पति–पत्नीबीच छलफल गर्न उचित हुने अदालतको भनाइ छ । सर्वोच्चले केही दिन एकसाथ बसेर सुल्झिने विषयलाई लिएर विवाद नबढाउन भनेको छ ।_एजेन्सी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com