यी खानेकुरा खाँदा कोलिस्टर कन्ट्रोल हुन्छ

काठमाण्डौ जेठ ५,

– शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा अति कम हुन्छ । त्यसैले अत्याधिक कोलेस्टेरोल र स्याचुरेटेड फ्याट ( गाढा बोसो )  भएका खाद्यपदार्थ मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री भाग, दूध, घीेउ, मख्खन कम उपयोग गर्ने ।

– रातो मासु कम खाने । मासु पकाउँदा छाला र बोसो फाल्ने ।

– मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदि खाने ।

– सागपात, हरियो तरकारी, फलफूल, गहँु, खस्रो चामल र दाल बढी खाने ।

– ओमेगा थ्री फ्याटी एसीडयुक्त खाद्य पदार्थहरु जस्तै माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थहरु आहारमा प्रयोग गर्ने ।

– टर्रो स्वाद भएको खाघपदार्थ खाने । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com