गोरखा, १७ जेठ ,
छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ ।
आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।
पछिल्लो पटक सात÷आठ दिन पहिले चन्द्रबहादुरले छोरीलाई बलात्कार प्रयास गर्दा छोरीले नमानेपछि कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रनाउ थापाले भने, ‘चन्द्रबहादुरलाई नियन्त्रणमा लिएर आइतबार जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएका छौँ ।’
चन्द्रबहादुरविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही सुरु गरिएको प्रनाउ थापाको भनाइ छ ।
विगत एक महिनाको अवधिमा गोरखामा पाँचवटा जबर्जस्ती करणीका घटना भएको प्रहरीले जनाएको छ ।
_दैनिकनेपल;