बोस्टन तामाङसमाजद्धारा धुर्मुस–सुन्तलीलाई ६ लाख सहयोग




बोस्टन जेठ १८,

हास्य कलाकार सिताराम कट्टेल (धुर्मस)  र कुन्जना घिमीरे (सुन्तली) को  एकिककृत बस्ति  अभियानलाई अमेरिकाको बोस्टनमा रहेका तामाङहरुले  ६ लाख आर्थिक सहयोग गरेका छन् ।
बोस्टन तामाङ समाजका अगुवा सुवास तामाङ “गोले” को संयोजकत्वमा संकलन गरिएको उक्त रकम  मानिक लामा,  बिजय तामाङ, प्रेम तामाङ  लगायत बोस्टनमा रहेका  मनकारी तामाङ समुदायले सहयोग गरेका हुन् ।
उक्त रकम २८ मइका दिन  बोस्टनबाट विजय तामाङ र  जितेन्द्र श्रेष्ठले  सिताराम कट्टेल र कुन्जना घिमीरेको नाममा प्रभुमनि ट्रान्सफरबाट पठाइएका हुन् ।

भूकम्पपछिको पुनर्निर्माणमा स्वस्फुर्तरुपमा लागिरहेका हास्य कलाकार धुर्मस सुन्तलीले यसअघि काभ्रेको डाँडा गाउँमा  भूकम्पपीडितका लागि   विभिन्न संघ संस्था र मनकारी व्यक्तिहरुको  आर्थिक तथा भौतिक सहयोगमा एकिकृत नमुना बस्ति बनाइसकेका छन् ।  

हाल उनीहरुले मेलाम्ची ८ को गिरानचौरमा  एकिकृत बस्ति अभियान स्वरुप ६५ घर निर्माणमा लागेका छन् ।  एक घर, एक धारो, एक चर्पि, एक बगैचा लगायतको संरचना निर्माण गरेर  भूकम्पपीडित स्थानीयलाई हस्तान्तरण गरिने पनि  जनाइएको छ ।

उनीहरुले  यस अभियानमा आर्थिक तथा भौतिक सहयोग  गर्न पनि देश तथा विदेशमा रहेका नेपालीहरुलाई  अनुरोध गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com