७० रुपैयाँ दिएर ७ बर्षीय बालिका बलात्कार

रौतहट जेठ १३,

रौतहटको चन्द्रनिगाहपुरमा एक सात बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

 प्रहरीले ५४ वर्षीय कपिलदेव साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घरमा अभिभावक नभएको मौका छोप्दै बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेको थियो ।

पीडितका अनुसार सोमबार परिवारका सदस्य बाग्मती नदीमा गिटी कुटन गएका बेला साहले बालिका लाई बिस्कुट र चकलेट खान ७० रुपैयाँ दिएर फकाउँदै आफ्नै घरमा लगेका थिए ।

घरमा पुगेपछि साहले बलात्कार गरेको पीडित वालिकाले प्रहरीलाई बताएकी छन् । प्रारम्भीक स्वास्थ्य परिक्षणबाट पनि बालिकाको बलात्कार भएको पुष्टि भएको छ ।

उनलार्इ थप उपचारका लागि वीरगञ्ज लगिएको छ । पीडितका अभिभावको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि महिला सुरक्षा दबाव समूह रौतहटले ३ हजार सहयोग गरेको छ ।

घटनाका आरोपी साहलाई प्रहरीले जिल्ल्ाा अदालतबाट म्याद थप गरी अनुसन्धान गरीरहेको चन्द्रनिगाहपुरका डिएसपी मनोज कुमार यादवले जानकारी दिए ।_अनालाइन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com