अनुहारको चाउरीपन हटाउने घरेलु उपाय...

सनिबार बैशाख २५,

अनुहार र घाँटीमा चाउरी पर्दै जान थालेपछि बुढ्यौलीले छोप्यो भन्ने चिन्ता धेरैलाई हुने गर्छ । चाउरी घटाएर बुढ्यौलीलाई पर धकेल्ने केही घरेलु उपाय यस्ता छन्, जसलाई दिनहुँ प्रयोगमा ल्याउन सकिन्छः

मेवा
पाकेको मेवाको पेस्ट बनाएर अनुहार र घाँटीमा लगाउने र १५ मिनेटपछि धुने ।

काँक्रो
काँक्रोको पेस्ट बनाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने ।

भुइँकटहर
पाकेको भुइँकटहरको पेस्ट बनाइ अनुहारमा लगाउने र १० मिनेटपछि धुने ।

दूध पाउडर र मह
एक कप मनतातो पानीमा चार चम्चा दूध पाउडर र दुई चम्चा मह मिसाई अनुहारमा लगाउने र सुकेपछि पखाल्ने ।
कागती र मह
कागतीको रस र महको पेस्ट बनाई अनुहारको मसाज गर्ने र १० मिनेटपछि धुने । यसो गर्दा अनुहारको चाउरी हराउँदै जान्छ ।

जैतुनको तेल
जैतुनको तेलले पाँचदेखि १० मिनेटसम्म बिस्तारै अनुहारको मसाज गर्ने र त्यसपछि अनुहार धुँदा पनि चाउरी कम हुँदै जान्छ ।

नरिवल तेल
दुई चम्चा नरिवलको तेललाई मनतातो बनाएर अनुहार मसाज गर्ने गर्नाले पनि चाउरी कम हुन्छ ।

केरा
पाकेको केराको पेस्ट बनाइ अनुहारमा लगाउने र ३० मिनेटपछि धुने ।

गोलभेँडा
पाकेको गोलभेँडाको पेस्ट बनाई अनुहारमा दलेर १० मिनेटपछि पखाल्ने । यसले पनि चाउरी कम गर्न मद्दत गर्छ ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com