यी रोगको औषधि हो आँप !

आइतबार बैशाख २६,

आँपको छ । यसलाई घरेलु ओखतीका रुपमा पनि प्रयोग गर्न सकिन्छ । धेरैलाई आँपले यी बिरामको ओखतीको काम गर्ने कुरा थाहा नहुन सक्छ ?

– बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहुँ दुई, तीनपटक खान दिनुहोस् । यसले पेटको किरा पनि मर्छ ।

– सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुहोस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ ।

– मधुमेहमा आँपको पातलाई छायाँमा सुकाएर चूर्ण बनाउनुहोस् । यसलाई ५–५ ग्रामको मात्रामा बिहान, बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ ।

– कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुटकारा मिल्छ ।

– गिजाबाट रगत निस्कने समस्यामा आँपको बियाँ निकालेर पिस्नुस् र यसलाई मञ्जनको रुपमा प्रयोग गर्ने हो भने पायरियासहित दाँतका रोगबाट लाभ मिल्छ ।

– काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ । एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान, बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ ।

– यसमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ । यसले तौल बढाउँछ, गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ ।

– २ सय ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २ सय ५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com