न्युर्योकमा नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला सम्बन्धि अन्तरक्रिया कार्यक्रम

विजय थापा ,वाशिंगटन डिसी बैशाख २१,

विश्व कै सम्राट राज्य न्युयोर्कमा गत मे १ तारिख नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l 

वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्टले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम न्युयोर्क सेरोफेरोमा रहेका नेपाली व्यवसायी तथा पत्रकारहरुलाई नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको बारेमा जानकारी दिने मुख्य उद्देश्यले गरिएको थियो l 

कार्यक्रममा खादा फूल गुच्छा आदिबाट आतिथिलाई सम्मान नगरी आयोजकले ल्याएका नेपाली झन्डा १ १ थान हस्तान्तरण गरि कार्यक्रम सुरुवात गरिएको थियो l यसै क्रममा न्युयोर्कमा आगामी मे २२ तारिखमा हुने नेपाल परेड दिवसको लागि १ सय ५० डलर आर्थिक सहयोगको साथै १ सय १० वटा नेपाली झन्डा वितरण गरियो l

संचारकर्मीहरुले राखेका जिज्ञासाहरुको जबाफ संस्थाका अध्यक्ष सभापति बुद्धि प्रसाद रेग्मीले दिएका थिए भने संचालक समिति सदस्य संजय थापाले अतिथि तथा पत्रकारलाई स्वागत गर्दै थप जानकरी दिएका थिए l संचालक समिति सदस्य कृष्ण लामिछानेले कार्यक्रम संचालन गरेका थिए l 

अमेरिकी खरिदकर्तालाई कसरि बढी भन्दा बढी उपस्थित गराउने भन्ने बिषयमा नेपाल सरकारका महा बाणिज्य दुत नारायण प्रसाद मैनालीले आफ्नो धारणा तथा सुझाब दिनु भएको थियो l यसै गरि उप बाणिज्यदूत प्रविन भटराई तथा न्युयोर्क वरपरका पचास भन्दा बढी संस्था तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रम भव्यताको साथ सम्पन्न भयो l 

आगामी मे ११ र १२ तारिखमा वाशिंगटन डिसीमा सिनेटर तथा कांग्रेस संगको भेटघाटमा महत्वाकांक्षी मेलाको बिषयमा जानकारी गराउने भएको छ l यसै गरि आगामी दिनमा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसी समुहले काठमाडौँ स्थितअमेरिकन दुताबासमा समेत भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ l  

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्धन गर्ने तथा नेपाल र अमेरिका बीच व्यापार विस्तार गर्नका लागि न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म मेलाको आयोजना गरिने छ l र उक्त तीन दिने  मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता हुने अनुमान गरिएको छ l 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com