पारसमणीका दुईओटा नयाँ गीति एल्बम ‘पारसमणी’ बजारमा

काठमाडौँ बैशाख ३०,

राजधानीको संवाद डबलीमा एक कार्यक्रमको आयोजना गरी आधुनिक गीत समेटिका ‘पारसमणी र पारसमणी २’ को एकसाथ विमोचन गरिएका हो । दुबै एल्बममा शक्ति बल्लभले संगीत दिएका छन् ।

कार्यक्रममा बोल्दै गीतकार बरालले एल्बममा नेपाली माटो सुहाउँदो, पारिवारिक, प्राकृतिक र देशप्रेमको भवना समेटिएका गीत समावेश गरिएको बताए ।

बरिष्ठ गायक आनन्दा कार्कीले राजनीतिको प्रभावले कलाकारिता क्षेत्र पनि लथालिङ्ग र भताभुङ्ग भएको बताए । “अब कला र गला होइन पैसा हुँने जो पनि गीतकार र गायक बन्ने भए, राम्रो कला र गलाले पलायन हुनुपर्ने आवस्था आएको छ” कार्कीले भने ।

बरिष्ठ संगीतकार शक्ति बल्लभले नेपाली बजार सानो भएको र त्यसमा पनि प्रतिलिपि नीतिको उलंघन हुँदा व्यवसायी मारमा परेको बताए । मिडियाको विकाससँगै बजार बढेको अनुभूति भएको भन्दै केही राहत मिल्ने उनले आशा ब्यक्त गरे ।

एल्बमको उत्पादन, बितरण तथा बजार व्यवस्थापनको जिम्मा म्युजिक हाईलाइट प्रा.लि.ले लिएको छ । प्रा.लिका प्रबन्धक ओम प्रसाईले पारसमणी बरालका एल्बमले राष्ट्रप्रेम बढाउने आशासहित उत्पादन तथा वितरणको जिम्मा लिएको बताए ।
“अहिले कलाकारिता क्षेत्रले राष्ट्रप्रेम भुलेको हो कि भन्ने आशंका बढेको छ, बरालका गीतहरुले देशलाई माया गरेकाले उत्पादन तथा बितरणको जिम्मा लिएका हौँ’ प्रसाईले भने ।

प्रा.लि.का कानुनी सल्लाहकार श्याम रोक्काले प्रतिलिपि अधिकारको उलंघनले लगानीकर्ताहरु डुबेको बताउँदै प्रतिलिपि अधिकारको सुरक्षा राज्यले गर्नुपर्ने बताए ।

पहिलो एल्बममा ७ ओटा गीतहरु समेटिएका छन् । आनन्द कार्की, सुमत खड्का, स्वरुपराज आचार्य, मिलन अमात्य, शिशिर योगी, अन्जु पन्त र पारसमणी बरालले स्वर दिएका छन् ।

त्यसैगरी पारसमणी २ मा रविन शर्मा, मिलन अमात्य, रामकृष्ण ढकाल, माण्डवी त्रिपाठी, दिपक लिम्बु, अन्जु पन्त, प्राश्ना शाक्य र सत्यराज आचार्यको स्वर रहेको छ । दोस्रो एल्बममा पनि ७ ओटै गीत रहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com