डाक्टरको सल्लाहबिना सिटामोल खाँदा निम्त्याउछ यस्ता समस्य...

काठमाण्डौ जेठ ११,

टाउको दुखेको होस् या ज्वरो आएको, विभिन्न स्वास्थ्य समस्यामा प्यारासिटामोल खाने चलन छ । यो औषधि पसलहरुमा विना प्रेस्क्रिप्सन सजिलै पाइन्छ । तर हरेक समयमा दुखाई या ज्वरोमा प्यारासिटामोल लिनु फाइदाजनकभन्दा हानिकारक हुन सक्छ । धेरै प्रयोगबाट यसले शरीरका अंगहरुमा नोक्सानी पु¥याउन सक्छ । 

प्यारासिटामोलको खोलमै लेखिएको हुन्छ– बढी मात्रामा प्यारासिटामोल लिँदा कलेजोलाई हानी गर्न सक्छ । चिकित्सकहरुको भनाईमा पनि एक व्यक्तिले दिनको ३ ग्रामभन्दा बढी प्यारासिटामोल लिनुहुँदैंन । यदि लिनैपर्नेछ भने एकपटक डाक्टरसंग सोध्नुहोस् । 

यसले के हानी पु¥याउँछ त ? थाहा पाउनुस् ः

गर्भवती र बच्चाका लागि हानिकारक
सामान्यतः प्यारासिटामोल गर्भवतीका लागि समेत सुरक्षित मान्ने चलन छ । तर विना जाँच गर्भवतीलाई प्यारासिटामोल दिने हो भने यसले गर्भमा रहेको शिशुको पूर्ण विकासा रोकावट पैदा गर्न सक्छ । त्यसैले गर्भवतीलाई विना डाक्टरी सल्ला प्यारासिटामोल दिनु हुँदैन ।

मिर्गौलामा असर गर्न सक्छ
प्यारासिटामोल लामो समयसम्म सेवन गर्नु निकै हानिकारक हुन सक्छ । विना डाक्टरी सल्लाह ढाड दुखाईका लागि प्यारासिटामोल लिँदा फाइदाको विपरित नोक्सानी पु¥याउँछ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित युनिभर्सिटी अफ सिड्ीका शोधकर्ताका अनुसार अस्टियोआर्थराइटिस र ढाड दुखाई कम गर्न प्यारासिटामोल प्रयोग गर्दा मिर्गौलामा असर गर्न सक्छ ।

पेटमा ग्यासको समस्या र छालामा एलर्जी
प्यारासिटामोलको अधिक सेवनले पेटमा ग्यासको समस्या पैदा गर्न सक्छ । यदि अपच या पेटमा भारीपनको समस्या छ भने प्यारासिटामोलकै कारण भएको हुन सक्छ । यसका अलावा केही मानिसमा प्यारासिटामोलको अधिक सेवनले छालमा रातो चक्ला या एलर्जी हुन सक्छ । जुन चिलाउने या पोल्ने हुन सक्छ ।

दम हुन सक्छ
सामान्य ज्वरो आउनेबित्तिकै बच्चालाई प्यारासिटामोल दिने चलन छ । तर अनुसन्धानहरुका अनुसार ६, ७ वर्षका बच्चामा प्यारासिटामोल दिँदा दमको लक्षणलाई बढावा दिन्छ । विश्व स्वास्थ्य संगठनले पनि १०१.३ फरेनहाइट ज्वरो आएको अवस्थामा मात्र प्यारासिटामोल दिन भनेको छ ।

कलेजोलाई हानी गर्न सक्छ
यदि जण्डिस या कलेजोसम्बन्धी समस्या छ भने डाक्टरी सल्लाहविना प्यारासिटामोल खाँदा कलेजोमा क्षति पुग्न सक्छ । कुनै अवस्थामा त कलेजो फेल हुने सम्भावना पनि हुन सक्छ । यसैले औषधि लिनुपूर्व डाक्टरको सल्लाह लिनुपर्छ ।
ओन्ली माई हेल्थबाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com