नयाँ खोेजः जति व्यस्त, त्यति मानसिक रुपमा तन्दुरुस्त..


एजेन्सी जेठ ६,


धेरैलाई लाग्छ– व्यस्त भएर दिमाग खराब भइरहेको छ । व्यस्त हुनुहुन्छ र त्यही व्यस्तताले आफू मानसिक रपमा कमजोर भइरहेको महशुस गरिरहनुभएको छ भने खुशी हुनुहोस् । किनभने जति व्यस्त भइयो, त्यति नै मानसिक रुपमा तन्दुरुस्त हुने एक अध्ययनले दर्शाएको छ ।

व्यस्त दैनिकी र जीवन शैलीसहितका पाका व्यत्तिः अन्य भन्दा शारीरिक र मानसिक रुपमा फूर्तीला हुने गरेको एक पछिल्लो अध्ययनले देखाएको छ । जुनसुकै उमेर र जस्तोसुकै शिक्षा प्राप्त गरेको भए पनि व्यस्त जीवन शैलीले दिमागको गतिलाई उच्च बनाउने, स्मरण शक्ति बढाउने, तर्क गर्न सक्ने क्षमता बृद्धि गर्ने लगायत मानसिक स्फूर्ती प्रदान गर्ने अध्ययनमा उल्लेख छ । ‘दैनिकी व्यस्त भएका पाका मानिसको मानसिक क्षमता अन्यको तुलनमा राम्रो देखिएको छ,’ युनिर्भसिटी अफ टेक्सासका लेखक सारा फेस्टिनी भन्छन् ।

त्यस्तै जुनसुकै उमेरको जस्तोसुकै व्यस्त व्यक्तिले अतितका प्राय घटना स्मरण गर्न सक्ने अध्ययनमा उल्लेख छ । व्यस्त मानिसमा धेरै सूचना प्राप्त हुने भएकोले उनीहरुमा अझै बढी अवसर मिल्ने अध्ययनको निस्कर्ष छ । उनीहरु आफ्ना दैनिक जीवनमा हुने हरेक समस्याको समाधान गर्न पनि निपूर्ण हुने बताइन्छ ।  व्यस्त मानिस शारीरिक रुपले तन्द्रुस्त हुने पनि अध्ययनको निस्कर्ष छ ।

जर्नल फोर्टिर्नस इन एजिङ न्युरोसाइन्समा प्रकाशित सो अध्ययनमा ५० देखि ८९ वर्षका ३३० स्वस्थ महिला सहभागी रहेका थिए ।  उनीहरुको मानसिक क्षमता मापन गर्न सहभागी न्युरोलोजिकल परीक्षणको एउटा लामो शृंखलामा सहभागी भएका थिए । ‘व्यस्त जीवन शैलीले मानसिक कार्यमा हित गरेको छ, तथापी व्यस्तताको उपयोगको बारे अझै थप अध्ययन हुन बाँकी नै छ,’ अध्ययन टोलीका नेता फेस्टिनी भन्छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com