कपाल झर्ने र फुल्ने समस्याको उपाय....

 एजेन्सी बैशाख २०,

कपाल झर्ने समस्या अधिकांश महिला तथा पुरुषहरुको जल्दोबल्दो समस्या हो । अझ उमेर नपुग्दै कपाल फुल्दा कतिपय युवा युवतीलाई चिन्ता मात्र थपेको छैन, बैशमै सौन्दर्य गुमाउन बाध्य छन् ।

कपाल झर्न थालेपछि रोक्न विभिन्न उृपाय अपनाइन्छ तर झर्नै नदिने उपायतिर कोही सचेत भएको पाइन्नँ । हामीले खाने खानाले पनि कपालसँग महत्वपूर्ण सम्बन्ध राख्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।  केही खानेकुरा छन् जसले कपालको जरा कडा बनाउनुका साथै समय नपुगी कपाल फुल्नबाट जोगाउँछन् ।

पालकको सागः फलामको कमिले पनि अधिकांश महिला तथा पुरुषको कपाल झर्ने गर्छ । मासिक धर्म रोकिएपछि कतिपय महिलामा यस्तो समस्या देखिन्छ । पालकको सागमा पर्याप्त मात्रामा फलाम र भिटामिन हुन्छ जसले कपाललाई स्वस्थ  तथा कडा बनाउँछ र उमेर नपुगी कपाल झर्नबाट बचाउँछ ।

गाजरः गाजरमा बेटा क्यारोटिन र भिटामिन ए प्रशस्त हुन्छ जसले कपाल बृद्धि गर्न बचाउनुका साथै कपालका जराहरुलाई बलियो बनाई झर्न बाट बचाउछ । तसर्थ नियमित रुपमा दैनिक दुईटा गाजर खाँदा कपाल झर्नबाट जोगिन सकिन्छ ।

अण्डाः अण्डामा प्रशस्त मात्रामा प्रोटिनको मात्रा हुन्छ । त्यस्तै अन्डामा हुने बायोटिनले कोषहरुलाई प्रबद्र्धन गर्नुका साथै कपाल झर्नबाट बलियो बनाउँछ । कपालको सुरक्षा र कपालको मजबुत जरा तथा आकर्षक कपालको लागि बायोटिन (भिटामिन बी) अनिवार्य भएको जनावरहरुमाथि गरिएका विभिन्न अध्ययनले पुष्टि गरेको छन्।

ओखरः बायोटिन र भिटामिन बी हुने एक मात्र ‘नट’ हो ओखर । ओखरले तालुमा पर्याप्त भिटामिन दिनुका साथै समय नपुगी कपाल झर्नबाट बचाउनुका साथै कपालको जरालाई बलियो बनाउँछ ।

दहीः भिटामिन बीयुक्त दही स्वास्थ्य र कपालका लागि महत्वपूर्ण मानिन्छ । कपालका जरा बलियो बनाउन, कपाल आर्कषक  र बलियो बनाउन दहीले महत्वपूर्ण भूमिका खेल्ने जनावर सम्बन्धी गरिएका विभिन्न अध्ययनले खुलासा गरेका छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com