दाइजो नल्याएपछी त्यसबापत पत्नीलाई वेष्य बनाइ रकम अशुल्न खोज्ने पति पक्राउ

एजेन्सी जेठ १०,

पञ्जाबको मोगामा एक सैनिकले आफ्नै श्रीमतीलाई वेश्या बनाउन खोजेको दर्दनाक खबर प्राप्त भएको छ ।
भारतीय सेनाका ती सैनिकले आफ्नै श्रीमतीलाई नै वेश्या खोज्नुको कारण झनै दर्दनाक छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार माइतीले दाइजो नदिएपछि त्यसवाफतको पैसा अशुल्न ती सैनिकले आफ्नी श्रीमतीलाई वेश्या बनाउन खोजेका हुन् ।

श्रीमानको यो योजना फसिसकेकी पीडित महिलाले भागेर आफ्नो इज्जत जोगाउन सफल भएकी छिन् । उनी भागेर सिधै प्रहरी चौकी पुगी उजुरी दिएकी छिन् ।

यसरी भयो घटनाः
प्राप्त सूचना अनुसार रामनगर खंडवा निवासी इन्जिनियरिंग कलेजकी प्रोफेसर (एमटेक) कीर्ति २५ डिसेम्बर (२०१५) मा माली समाजको सम्मेलनका लागि सागरमा पुगेकी थिइन् । त्यही बेला उनका परिवारजनले सागर निवासी सोनू कुमार सैनीसँग विहेको निधो गरिदिए । २२ अप्रिल (२०१६)मा स्थानीय परम्पराअनुसार त्यही विहे भयो । त्यसपछि उनीहरु मोगा (माइती) फर्किए । जहाँ शिक्षिका (कीर्ति) ले कोलोनीमा कोठा भाडामा लिइन् । दुबै पतिपत्नी त्यही बस्न थाले ।

विहे भएको चार दिनपछि सोनूले उनलाई दाइजोको निहुँमा यातना दिन सुरु गरे । यति मात्रै हो र उनका बुवालाई फोन गरेर पाँच लाख रुपैयाँ पनि मागे । ‘मैले रोक्न खोज्दा चक्कुले मेरा शरीरका कपडा च्यातेर उनले मलाई निवस्त्र बनाएर कुटे । त्यही साँझ मलाई सोनूले सहरको झुग्गी बस्तीमा देश व्यापारका लागि लगेर गए । एक व्यक्तिलाई फोन पनि गरे तर, नलागेपछि त्यो दिन त्यत्तिकै घर फर्कायो । त्यसपछि उनी वाथरुममा जाने वित्तिकै म भागेर माइती गए,’ पीडित महिलाले भनिन् ।

त्यसपछि २१ मई (शनिबार)को मध्यराति सोनू आफ्ना परिवारसहित माइत आएर सबैलाई धम्क्याए । उनको हातमा लोडेड पेस्तोल थियो । यो तमाशापछि कीर्तिले तुरुन्त प्रहरीलाई फोन गरिन् । पुलिस तुरुन्त त्यहाँ पुगेर पेस्तोलसहित ती सैनिकलाई पक्राउ गर्यो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com