योगेन्द्र योगी
संखुवासभा, २८ वैशाख ,
संखुवासभा जिल्लामा पाठेघर खस्ने बिरामीको संख्या बढेको पाइएको छ ।
सदरमुकाम खादबारीमा गैरसरकारी संस्था नेपाल र महिला प्रजनन अधिकार कार्यक्रमले आयोजना गरेको मेरो शरीर मेरो अधिकार बिषयक कार्यक्रममा योजिल्लामा ४ सय ५५ जना पाठेघर खसेका महिला भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर सूर्य लामाले ४ सय ५५ मध्ये ३ सय ४ जनालाई रिङप्रेशरी राखिएको जानकारी दिए ।
वाला, सिसुवा, ताम्कु माङ्तेवा जस्ता विकट गाविसमा गतबर्ष १ सय जना पाठेघर खसेका महिलाको सत्यक्रिया गरिएको बताए ।
महिला प्रजनन अधिकार कार्यक्रमकी अरुणा चौधरीले अझैपनि पाठेघर खस्नेरोगबाट महिलाहरु पीडित भइरहेको बताइन । महिलाहरुले रोगलुकाएका कारण समस्या देखिएको उहाको भनाई थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, सुजता श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष अनन्तकुमार गौली लगायतले यो
समस्यामा परेका रोगिहरुलाई उपचार गर्न पहल गर्नु पर्नेमा जोड दिए ।_दैनिकनेपल;