पर्फ्युम प्रयोगका ५ बेफाइदा...

काठमाण्डौ बैशाकः २२,

घरबाट निक्लने बेलामा हरेक दिन पर्फ्युम प्रयोग गर्ने चलन बढ्दो छ । यदि यसो हो भने सतर्क रहनुपर्छ । दिनहुँ प्रयोग गर्ने पफर््युम या डिओडरेन्टले तपाईंको छाला र स्वास्थ्यलाई बिगार्न सक्छ ।

थाहा पाउनुस् पफर््युमका ५ बेफाइदा :

१. दिनहुँ प्रयोग गरिने पर्फ्युम या डिओडरेन्टमा हानिकारक रसायन हुन्छ, जसले तपाईंको छालामा जलन पैदा गर्न सक्छ, जसले छालालाई नराम्ररी क्षतिग्रस्त गर्न सक्छ । यसले छालामा बिबिराहरु उत्पन्न गराउन सक्छ ।

२. यिनमा हुने न्युरोटक्सिनले केन्द्रीय तन्त्रिका तन्त्रलाई प्रभावित गर्नसक्छ । यतिमात्र नभई कयौंपटक छालामा घाउ या अनौठो प्रकारको चिन्ह पनि बन्न सक्छ,  जसमा ब्याक्टेरिया हुन सक्छ ।

३.  पर्फ्युम या डिओडरेन्टले हर्मोनमा पनि असन्तुलन ल्याउन सक्छ । यसबाट स्वास्थ्यमा असर पर्नेमात्र नभई सौन्दर्यमा पनि असर पर्न पनि सक्छ । यसका अलावा महिलामा महिनावारीसम्बन्धी समस्यालाई पनि  जन्म दिन सक्छ ।

४. केही पर्फ्युम या डिओडरेन्टले पसिनालाई पनि रोक्ने कार्य गर्छ । पसिना ननिक्लने हो भने शरीरबाट हानिकारक तत्व बाहिर निस्कन सक्दैन र स्वास्थ्यमा असर पर्छ ।

५. यसमा हुने तत्वले अल्जाइमर पनि उत्पन्न गर्न सक्छ । यसका अलावा श्वासम्बन्धी समस्या पैदा गर्न  यसका रसायन सहायक साबित हुन सक्छन् । अत्यधिक तिखो  गन्ध भएका कारण यसले नाकको तन्तुलाई पनि क्षतिग्रस्त गर्न सक्छ ।
(केही स्वास्थ्य समस्या देखिए चिकित्सकको सल्लाह लिनुहोला)_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com