बिहेकै दिन दुलही पुगिन् परिक्षा दिन, दुलाहाले पर्खिए जन्ती सहित बाहिर...

एजेन्सी बैशाख १९,

भारतको राजस्थानमा एउटा अचम्मको घटना भएको छ ।

यहाँको सीकर भन्ने ठाउँमा सुनीता नामकी दुलहीले विहे जन्तीसहित परीक्षा दिन पुगेकी छिन् । परीक्षा हलमा उनलाई देख्दा सबैको नजर उनीमाथि पर्यो । उनी यहाँ ग्रेजुएशन फाइनल ईयरको परीक्षा दिनका लागि आएकी थिइन् ।

मानिसहरु पढ्न र परीक्षा दिन अल्छी गरिरहेका बेला सुनीताले भने विहेभन्दा पनि आफ्नो पढाई र परीक्षालाई निकै महत्व दिएकी छिन् । उनको यो कार्यको सामाजिक सञ्जाल र अन्य क्षेत्रमा निकै भाइरल बनेको छ । फ्यानहरुले उनको प्रशंसा गरेका छन् ।

समाचार अनुसार सुनीताको विहे २८ अप्रिल (विहीबार) भएको थियो । टुडे विहे भएकाले २९ अप्रिल (शुक्रबार) दुलाहाको घर जानु थियो भने उनको परीक्षा पनि त्यही दिन थियो । तर, त्यो दिन उनी घर जानुभन्दा पहिला जन्तीसहित दुलाहालाई लिएर कलेजको परीक्षा हल पुगिन् ।

यसक्रममा उनका पतिले पनि उनलाई साथ दिए र सुनीताको मनको कुरा थाहा पाएर जन्तीको गाडी घर लैजानुको सट्टा सिधै कलेज लगे । जब सम्म सुनीता परीक्षा दिइरहेकी तबसम्म उनका पति बाहिर जन्तीसहित बेहुलाको पहिरनमै पर्खिरहेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com