विस्तारै अन्धो बनाउने जलबिन्दु बारे जानौं

काठमाण्डौ जेठ १६,

डा;नन्दा गुरुङ


आँखामा धेरै किसिमका रोगहरु लाग्दछन् । त्यस मध्ये जलविन्दु पनि एक हो । जसलाई     जलविन्दु भनिन्छ । सामान्यतया यो रोगमा आँखाको चाप बढ्नुको साथै आँखाको नशालाई क्षति गर्दछ । जसले गर्दा विस्तारै विस्तारै अन्धो बनाउँदछ ।

१. जलविन्दु हुने संयन्त्र
आँखामा पानी जस्तो तरल पदार्थ निरन्तररुपमा उत्पादन भईरहेको हुन्छ जसलाई एक्युवस ह्इुमर भनिन्छ । आँखालाई स्वास्थ्य राख्नुको लागि यसले पोषक तत्वको काम गर्दछ । यो तरल पदार्थ आँखाको लेन्स भित्र र वाहिर बगिरन्छ । कुनै कारणवस उत्पादन तथा बग्ने प्रकृयामा अवरोध भएमा उत्पादन भएको तरल पदार्थ वग्न पाउदैन अनि आँखाको चाप बग्दछ । आँखाको चाप १०–२१ एमएमएचजी हुन्छ ।
२. जलविन्दुको किसिम
१. प्राइमरी
२. सेकेण्डरी
३. जन्मजात
१. प्राईमरी
यसलाइ २ भागमा विभाजन गरिएको हुन्छ । बाटो खुल्ला भएको र बाटो बन्द भएकोे पूर्ण परीक्षणबाट यो छुट्टाइन्छ ।
२. सेकेन्डरी
आँखामा लाग्ने विभिन्न रोगका कारणले गर्दा सेकेन्डरी जलविन्दु हुन्छ । जस्तै
क) मोतिविन्दु धेरै पाकेर अथवा फुटेर
ख) आँखाको लेन्स ठीक ठाउँमा नभएर
ग) आँखामा चोटपटक लागेर
घ) आँखा पाक्ने रोग
ङ) मधुमेह
च) उच्च रक्तचाप
छ) स्टेरोइड हर्मोन प्रयोग
लक्षण
जलबिन्दुको लक्षण यसको किसिममा भर पर्छ । प्राईमरी अवस्थामा सुरुमा लक्षण देखा पर्दैन । लक्षण देखा पर्नु भनेको आँखाको दृष्टि कम हुनु हो । शुरुको अवस्थामा वरिपरि ईन्द्रेणी जस्तो देखिन सक्दछ ।
बाटो बन्द भएको जलबिन्दुमा एक्कासी आँखा रातो हुने दुख्ने, टाउको दुख्ने र देख्ने शक्ति पनि कम हुन्छ ।
उपचार
जलबिन्दुलाई ३ किसिमले उपचार जर्न सकिन्छ । त्यो उपचार प्रविधी छनौट गर्दा जलबिन्दुको किसिममा भर पर्दछ ।
१. औषधी
२. लेजर
३. शल्यक्रिया
आँखा परिक्षण गर्नुपर्ने अवस्थाहरु
१. ४० वर्ष उमेर पुगेका
२. मधुमे
३. उच्च रक्तचाप
४. परिवारमा जलबिन्दु रोग ।
५. पावर भएका चश्मा लगाउने व्यक्ति ।
६. आँखामा चोट पटक लागेका र
७. स्टेरोईड हार्मोन प्रयोग गर्नेहरु ।
जनचेतना
जलविन्दुबाट बच्नको लागि ६–६ महिनामा अनिवार्य आँखा जाँच गराउनु पर्दछ ।
त्यसै गरि नवजात शिशुको जन्मदा आँखाको नानी सेतो, आँखा ठूलो हुने, आँखाबाट आँसु बगिरहने र प्रकाशमा हेर्न नसक्ने
लक्षण देखिएमा त्यस्तो बच्चाको नेत्र परिक्षण तुरुन्तै गराउनुपर्दछ ।
जलबिन्दुमा एक्कासी आँखा रातो हुने, दुख्ने, टाउको दुख्ने र देख्ने शक्ति पनि कम हुन्छ ।
यसलाई हामी अचानक बाटो बन्द भएको अवस्था भन्दछौ । यो आँखाको अवस्था हो । यस्तो भएमा तुरुन्तै आँखा अस्पताल जानु पर्दछ ।
जलबिन्दु लागिसकेका विरामीहरुले यो रोगको उपचार हुँदैन अन्धो हुने डरले मन भित्र भित्रै मानसिक तनावले पिरोलेको पाईएकोले यो छोटो लेखले जलबिन्दु सम्बन्धी केही जानकारी मिल्नेछ ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com