कोलोराडोमा सम्पन्न अन्तरराष्ट्रिय कराते प्रतियोगितामा नेपालीलाई ६ पदक

विजय थापा ,वाशिंगटन डिसी बैशाख २२,

इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनको आयोजनामा गत मे १  तारिख कोलोराडोको लइजभिल २१ औ रकी माउण्टेन कराते च्याम्पियनसीप नामक प्रतोयोगितामा नेपाली मुलका खेलाडीहरुले स्वर्ण,रजत तथा कास्य पदक गरि ६ वटा पदक प्राप्त गर्न सफल भएका छन् l 

अमेरिकाको छिमेकी राष्ट्हरु क्यानाडा, मेक्सिको ,पोर्टरिको तथा अमेरिका लगायत विभिन्न राज्यहरुवाट ४ सय ५० खेलाडीहरु प्रतिस्प्रद्धामा भाग लिएका थिए । 

बरिष्ठ कराते प्रशिक्षक शान्त थोकरद्धारा सञ्चालित कराते स्कूल ईन्टरनेश्नल मार्शलआर्ट एशोशिएशन न्युयोर्कको तर्फबाट न्युयोर्कमा रहेका नेपाली क्रमशः पर्खी राई लगायत नेभिन लामा, रोशन प्रधान र फुन्छोक  ह्योल्म ह्योल्मोले भाग लिई २ स्वर्ण ,१ काश्य  तथा ३ रजत गरी जम्मा ६ पदक जित्न सफल भएका छन ।

पर्खी राईले ३५ वर्ष भन्दा माथीको एडभान्स श्रेणीको व्यक्तीगत काता तर्फ स्वर्ण पदक र फुन्छोक टासी ह्योल्मोले ११ बर्षको उमेरको नोभिस श्रेणीमा काता तर्फ स्वर्ण र कुमितेमा कास्य पदक जितेका छन् l 

टोलि कुमिते तर्फ नेभिन लामा ,रोशन प्रधान र फुन्छोक टासी ह्योल्मोले रजत पदक हासिल गरेका छन् l 

हरेक बर्ष आयोजना हुने यस प्रतियोगिता विश्व कराते महासंघको निर्णायक समितिका सदस्य एवम अमेरिकी कराते महासंघको निर्णायक समितिका सचिव सिहान फरीवा मदानीको निर्देशनमा अमेरिकन कराते महासघ, पान अमेरिकन कराते महासघ र विश्व कराते महासघका मान्यता प्राप्त ६० भन्दा बढी रेफ्री (निर्णायक)हरुको सहभागिता रहेको थियो l 

कार्यक्रम मोनार्क उच्च माध्यमिक लुइस भिल कोलोराडोमा मा विहान ८ वजे देखि शरु भै साँझ ६ वजे प्रतियोगिता भएको थियो l 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com