गर्मीमा जगिङको अनेक फाइदा

काठमाण्डौ जेठ ६,

गर्मीको मौसममा मानिस अक्सर जगिङ गर्न त्यति मन पराउँदैंनन् । यसको कारण हो– मौसममा परिवर्तन । तर स्वास्थ्य विज्ञका अनुसार गर्मीमा जगिङ गर्नुका कयौं फाइदा छन् । ग

र्मीमा किन जगिङ गर्नुपर्छ त ?

फिटनेशका लागि : जगिङ गर्नाले काम गर्ने क्षमता बढ्छ । यतिमात्र नभई शरीरलाई चुस्त र फुर्तिलो बनाउँछ ।

तौल घटाउन उपयोगी : जगिङ गर्नाले शरीरको बोसो चाँडैं घट्छ । खासगरी कम्मर, जाँघ आसपास जमेको बोसो घटाउन मद्धत मिल्छ ।

मोटाबोलिजम बढ्छ : जगिङबाट शरीरको मेटाबोलिजम वृद्धि हुन्छ, जसबाट शरीरलाई अधिक उर्जाको आवश्यकता हुन्छ । शरीरमा यो उर्जाले खानालाई चाँडै पचाउछ ।

हड्डी मजबूत बनाउँछ : दिनहुँ जगिङ गर्नाले शरीरको हड्डी मजबूत हुन्छ । खासगरी कम्मर, पिडौंलाको मांसपेशी र हड्डी मजबूत हुन्छ ।

मुटु सुरक्षित हुन्छ : जगिङले मुटुको रोग पनि लाग्दैंन । यसबाट मुटुको मांसपेशी मजबूत हुन्छ र कार्यक्षमता पनि बढ्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com